गत आवमा १ खर्ब ४१ अर्ब निर्यात गर्दा, ३९ वटा देशमा शुन्य « Eglish Khabarhub

गत आवमा १ खर्ब ४१ अर्ब निर्यात गर्दा, ३९ वटा देशमा शुन्य


१४ श्रावण २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७७÷७८ मा १५ खर्ब बराबरको आयात गर्दा १ खर्ब ४१ अर्बको मात्रै निर्यात गरेको छ ।

जसमा नेपालले १ सय ६१ वटा देशसँग व्यापार गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त व्यापार गरेकोमध्ये त्यस्ता देश छन् जहाँ नेपालले उल्लेखनीय आयात गरेपनि निर्यात भने शून्य रहेको छ ।

नेपालले १ सय ६१ वटा देशबाट आयात गर्दा नेपालले १ सय २२ वटा देशमा मात्रै निर्यात गरेको छ । जसमा नेपालले ३९ वटा देशबाट आयात गर्दा निर्यात गरेको छैन । उक्त देशबाट नेपालले १४ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात गरेमा नेपालबाट कुनै वस्तु तथा सेवामा निर्यात हुन सकेन ।

विभागको तथ्याङ्क अनुसार नेपालले सबैभन्दा बढी करिब ७ अर्बको आयात गरेको पारुग्वे देशमा नेपालबाट केही पनि निर्यात भएको छैन । त्यस्तै, नट स्पेशिफाइड उल्लेख गरिएको तथ्याङ्कमा ४ अर्ब ११ करोडको वस्तु तथा सेवा आयात गरेकोमा नेपालबाट निर्यातको अवस्था शून्य रहेको छ ।

जोर्डनबाट नेपालले १ अर्ब ४ करोड रुपैयाँको आयात गर्दा नेपालले सोही रकम बराबर घाटा व्यहोरेको छ । साथै, गुटेमालाबाट ७८ करोड ८० लाखको र बेलारसबाट ७३ करोड ४३ लाखको आयात गर्दा निर्यात भने शून्य रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट अबलेनिया, अमेरिकन समाओ, एन्टी एण्ड बारबुडा, बेलारस, बेनिन, बोलिभीए, बोटस्वाना, ब्रिटिश इण्डियन ओसन टेरिटोरी, केप भेर्दे, कोकोस् आइसल्यान्ड, कोमोरस, कोस्टारिका, डोमिकिकन रिपश्लिक, इक्वादोर, इल साल्भादोर, गावोनलगायतका देशबाट आयात भए पनि निर्यात शून्य छ ।

त्यस्तै, घाना, ग्रनाडा, गुव्टेवाला, भ्याटिकन, जोर्डन, काजास्थान, उत्तर कोरिया, कोसोभो, मार्सल, आइसल्यान्ड, मोन्गोलिय, निकारागव, सर्बियालगायतका अन्य देशहरू रहेका छन् ।

यी हुन् नेपालमा आयात नहुने देश

नेपालले गत आवमा १ खर्बको ४१ अर्ब रुपैयाँ बराबरको निर्यात गर्दा ७ वटा देशबबाट कुनै पनि वस्तु तथा सेवा आयात भएको छैन । नेपालले वैदेशिक व्यापारमा १ सय २२ वटा देशसँग घाटा व्यहोरेको अवस्थामा केही देशहरू मात्रै नाफा कमाएको छ । त्यस्तै नेपालले ३९ वटा देशमा आयात मात्रै गर्ने र निर्यात शून्य रहेको देशहरू रहेका छन् ।

त्यसैगरी नेपालले निर्यात गर्ने तर आयात नहुने देशहरूमा सामोअ, कार्जिस्तान, बहामास, चद, सिरिया अरब रिपब्लिक, अंगुइल्ला, कङ्गो रहेका छन् । उक्त देशहरूमा ६ अर्ब २२ लाख रुपैयाँको नेपाली उत्पादित वस्तु तथा सेवा निर्यात भएको छ ।

२२ वटा देशसँग मात्रै व्यापार नाफा

नेपालले आर्थिक वर्ष १ सय ६१ देशसँग व्यापार गर्दा २२ वटा देशसँग मात्रै नाफा कमाएको छ । नेपालले सबैभन्दा धेरै लेबनान देशसँग नाफा कमाएको छ । उक्त देशबाट ९८ लाख ७८ हजारको वस्तु तथा सेवा निर्यात गर्दा नेपालले १८ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको छ । जसबाट नेपालले १८ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

विभागको अनुसार लेबनानपश्चात सुडानसँग नेपालले ७ करोड ३० लाख रुपैयाँ व्यापारमा नाफा कमाएको छ । उक्त देशबाट ४८ लाख ७५ हजारको आयात गर्दा ७ करोड ७९ ५० लाखको निर्यात गरेको छ ।

अंगुल्लाबाट कुनै पनि सामग्री आयात नहुँदा नेपालबाट मात्रै ४ करोड ४२ लाख रुपैयाँको निर्यात गरेको छ । त्यस्तै, नेपालले यमन, सिरियन अरब रिपब्लिक, न्यू कलेडोनया, फिजी, मोनाको, मालदिभ्स, मरिसस, कोङगोलगायत अन्य ११ वटा देशसँग नाफा कमाएको छ ।

नेपालले धेरै व्यापार घाटा व्यहोरेका प्रमुख १० देश

नेपालले अधिकांश देशसँग व्यापार घाटा व्यहोरेकोमा सबैभन्दा बढी भारतसँग रहेको छ । वैदेशिक व्यापारमा मुख्य भूमिका रहेको भारतसँग मात्रै नेपालले करिब १४ अर्बको घाटा व्यहोरेको छ । नेपालबाट १ खर्ब ६ अर्ब ३७ करोडको वस्तु तथा सेवा निर्यात गर्दा नेपालले ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

त्यस्तै दोस्रोमा नेपालले चीनसँग ठूलो व्यापार घाटा व्यहोरेको छ । जसमा चीनबाट नेपालले २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँको आयात गर्दा १ अर्बको मात्रै वस्तु तथा सेवा निर्यात गरी २ खर्ब ३२ अर्ब घाटा व्यहोरेको छ ।

त्यसैगरी, अर्जेन्टिनासँग ४१ अर्ब ९३ करोड, यूएईसँग ३६ अर्ब ७८ करोड, यूक्रेनसँग १७ अर्ब १७ करोड, इन्डोनेशियासँग १६ अर्ब ८६ करोड, कोरियासँग १६ अर्ब २२ करोड, अष्ट्रिेलियासँग १५ अबए ३५ करोड, क्यानाडासँग १३ अर्ब ४३ करोड र साउथ अफ्रिकासँग ११ अर्ब १६ करोड रुपैयाँ बराबरको नेपालले घाटा व्यहोरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार ००:००  ९ : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping