बीमा कम्पनीको हकप्रद रोकेर पुँजी वृद्धि र मर्जरमा लैजाने बीमा समितिको रणनीति « Eglish Khabarhub

बीमा कम्पनीको हकप्रद रोकेर पुँजी वृद्धि र मर्जरमा लैजाने बीमा समितिको रणनीति


१४ श्रावण २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । बीमा समितिले हकप्रद सेयर जारी गर्न रोक लगाएर पुँजी वृद्धिको नीति अबलम्बन गरी कम्पनीको संख्या घटाउने रणनीति अबलम्बन गरेको छ । अहिले हकप्रद सेयर जारी गर्न रोक लगाएर भविष्यमा पुँजी तथा मर्जरको नीति लिएर कम्पनीको संख्या घटाउने समितिले योजना बनाएको हो ।

हाल नेपालमा १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा कम्पनी र १ वटा पुनरबीमा कम्पनी गरी ४० वटा बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन् । साथै, १ पुनर्बीमा कम्पनी सञ्चालनको प्रक्रियामा छ ।

समितिले यसअघि नै २०७३ सालमा जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैया चुक्ता पुँजी वृद्धि गरेको हो । सोमा पुनः चुक्ता पुँजी वृद्धिको नीति ल्याएर क्रस होल्डिङलाई आधार बनाइ मर्जर गराउने योजना समितिले बनाएको छ । हकप्रद सेयर जारी गर्न कम्पनीहरुले प्रस्ताव गर्न थाले पछि समितिले अर्थमन्त्रालयमा समेत छलफल गरेको थियो । मन्त्रालय र समितिको छलफलमा हाल कम्पनीहरुलाई हकप्रदको रोकेर केही समयपछि पुँजी वृद्धिको नीति ल्याउने निर्णय भएको समितिका एक अधिकारीले बताए ।

‘अर्थ मन्त्रालयसँग अनौपचारिकरुपमा भएको थियो, अहिले राइटबाट भन्दा बोनशबाट आउनु पर्छ भन्ने हुँदा समितिले नीति निर्देशन परिमार्जन गरेर पुँजी बढाउने र कम्पनीहरुलाई मर्जरमा लाने योजना छ,’ समिति स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘अहिले कायम पुँजीकै अनुपातमा वृद्धि गराउन सकिने सम्भावना रहन्छ, पुँजी वृद्धिपछि २ वर्षभित्रमा क्रसहोल्डिङ भएका कम्पनीहरु पहिलो चरणमा मर्जर हुन्छन् ।’

नेपालको बीमा क्षेत्रमा नयाँ कम्पनकिो आवश्यकता नभएको र पुरानै कम्पनीलाई बलियो बनाएर स्वस्थ्य प्रतिस्पर्धाबाट गुणस्तरिय बीमा व्यवसाय गराउन सकिएमा बीमा क्षेत्रको दिगो विकास र विस्तार हुनसक्छ ।

‘अहिले नयाँ कम्पनीलाई लाइसेन्स दिने चर्चासँगै लगानीकर्ताको तछामछाड चलेको छ, भने कतिपयले समितिमा दर्ता गराउने प्रक्रियासम्म गरेका छन्,’ उनले थपे, ‘ती कम्पनीका लगानीकर्ता बीमा गराउन होइन सेयर बजारमा बीमा कम्पनीहरुको मूल्य देखेर लगानी गर्न खोजेका हुन् ।’

अहिले नै बीमा बजारमा नयाँ बीमा कम्पनीहरु ल्याउनका लागि समितिले कुनै पनि गृहकार्य नगरेको हुँदा तत्कालै नयाँ कम्पनी बजारमा नआउने उनले स्पष्ट पारे ।

‘हकप्रद पुँजी वृद्धिको नीति आएपछि खुलाउन सकिएला तर यसमा हालसम्म कुनै नीति निर्देशनको मस्यौदा समेत तयार गरिएको छैन्, यो पारम्भिक छलफलमा उठान विषयहरु मात्र हुन्’ उनले थपे, ‘राष्ट्र बैंक पुँजी वृद्धिको नीतिसँगै हकप्रद जारी पाउने सुविधा दिए गल्ती गरेको स्वीकार गरिसकेको छ, त्यो गल्ती समितिले दोहोर्याउँदैन ।’

समसतले हालसम्म पुँजी वृद्धि तथा मर्जरको निर्देशन नदिएको हुँदा कम्पनहिरुलाई हकप्रदको आवश्यकता नै नभएको ती अधिकारीको भनाइ छ । पुँजी वृद्धिको नीति समितिले ल्याउँदा मर्जरमा जाने कम्पनीलाई मात्र हकप्रद जारी गर्न पाउने सुविधा दिइने उनले जानकारी दिए ।

हकप्रद जारीको प्रस्ताव गर्ने कम्पनीहरु

बमिा कम्पनीहरुको सञ्चालक समितिले हकप्रद, बोनश तथा साधारण सेयर (आइपीओ) को प्रस्ताव गरी साधारणसभाबाट पारित गराउन बीमा समितिमा जानकारी गराउँदै धितोपत्र बोर्डमा स्वीकृतिको लागि आवेदन दिन्थ्ये ।

तर, पछिल्लो समय भने समितिबाट स्वीकृति प्राप्त भएपछि मात्र बोर्डमा आवेदन दिन पाइने व्यवस्था अनिवार्य गरिएको छ ।

अजोड इन्सोरेन्सको सञ्चालक समितिले गत चैतमा ५० प्रतिशत हकप्रद जारीको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको थियो ।

तर, समितिले कम्पनीलाई पत्र पठाएर नै सो निर्णय बदर गर्न भनेको हो ।

यस्तै, आइएमई जनरलर इन्स्योरेन्सले ४० प्रतिशत, एनएलजी इन्स्योरेन्स ४० प्रतिशत हकप्रदको प्रस्ताव सञ्चालक समितिले पास गरी समितिमा स्वीकृतिको लागि पेश गरेको थियो ।

तर, समितिले हकप्रद जारी गर्न कम्पनीले दिएको निवेदन रद्द गरिसकेको छ । साथै, नेपाल पुनर्बीमा कम्पनीले समते ४० प्रतिशत हकप्रद जारी गर्न सञ्चालक समितिमा छलफल भएको थियो ।

समितिले हकपत्र जारी गर्न नदिने भएपछि सो छलफल स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार ००:००  ४ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping