काठमाडौं-तराई द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत « Eglish Khabarhub

काठमाडौं-तराई द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत


१५ श्रावण २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलनमा द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यप्रगति स्थिति तथा चालु आव ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गरेको थियो । आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आवमा ८ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको जानकारी दिए ।

उनले आव २०७६/७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आवमा आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भएको बताए । त्यस्तै आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उनले स्पष्ट पारे । अयोजनाको स्वीकृत डिपीआर अनुसार १ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान रहेकोमा आयोजनाको शुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको उनले बताए ।

आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० रहेको आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले बताए ।

द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ किलोमिटरमध्ये ३ वटा सुरुङ मार्गको लम्बाई ६.४१ किलोमटिर, विभिन्न पुलहरुको लम्बाई १०.५९ किलोमिटर र सडक खण्डको लम्बाई ५५.५ किलोमिटर छ । आयोजना प्रमुख पोखरेलले यसमध्ये आयोजनाको ४४.१ किलोमिटर सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरु हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए ।

आयोजनाको डिजाइन तथा कन्ट्रक्शन सुपरिभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनौट भई विषय विज्ञहरुसहितको टोलीले फिल्ड सर्भे लगायतका कार्यहरु गर्न विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले उल्लेख गरे ।

अयोजनामा पर्ने ३ सुरुङ मार्ग महादेवटार, धेद्रे र लेनडाँडाँ सुरुङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषय विज्ञहरुको डिजाइन टिम लगायतका समुहले कार्य प्रारम्भ गरेको उनले बताए । पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए ।

राजमार्गमा पहुँच मार्ग एवं बेलिवृज निर्माण कार्यपनि भइरहेको छ । नेपाली सेनाले आयोजनाको आवश्यकता अनुरुप ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित गरिएकोमा ४ हजार ७ सय ४५ रोपनी जग्गा प्राप्ति भएको छ । र, ४२७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ ।

खोकना बुङमति क्षेत्र समेतको स्थानीय विवादको कारण बाँकी जग्गा प्राप्तिमा बाधा परेकाले निर्माण कार्य समेत प्रभावित भएको नेपाली सेनाको भनाई छ । आयोजना स्थलमा १ हजार १३ वटा रुख कटान गरिएको रुख कटानको बदलामा चरणबद्ध रुपमा वृक्षारोपण कार्यपनि भइरहेको आयोजना प्रमुख पोखरेलले बताए । उनले चालु आव २०७८/७९ को लागि ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ विनियोजन भई वार्षिक कार्यक्रम तय भएको पनि उल्लेख गरे । चालु आवमा प्राथमिकताको आधारमा सडक तथा पुल खण्ड सम्बन्धी बाँकी प्याकेजहरुको ठेक्का व्यवस्थापन गरी काम गर्ने योजनामा सेना रहेको छ ।

आयोजना आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यसको निम्ति आवश्यक बजेटको सुनिश्चितता हुनुपर्ने नेपाली सेनाको भनाई छ । कोभिड १९ को कारण आयोजनाको काम प्रभावित भएको तथा खोकना–बुङमति क्षेत्रको स्थानीय विवादले आयोजना प्रभावित भएकाले समाधानको लागि केन्द्रीय तहबाट पहल गरिनुपर्ने आयोजना प्रमुखले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ००:००  ६ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping