ग्यापुले शुरु गर्यो जि-क्यास अफरः उपभोक्तालाई निःशुल्क सपिङको मौका « Eglish Khabarhub

ग्यापुले शुरु गर्यो जि-क्यास अफरः उपभोक्तालाई निःशुल्क सपिङको मौका


१७ श्रावण २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाली अनलाइन शपिङ साइट ग्यापुले केही समय अगाडी सार्वजनिक गरेको जि-क्यास प्रयोग गरेर अगस्ट १ देखि निःशुल्क सपिङ गर्न सकिने भएको छ ।

ग्यापु मोबाइलको एप रिफर एण्ड अर्न अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड जि-क्यास संकलन गरेर सो बराबर सामानहरु निस्शुल्क खरिद गर्न सक्ने ग्यापु मार्केटप्लेसका सँस्थापक एवं सिइओ ग्यानेन्द्र खड्काले बताए।

जि(क्यास कमाउनको लागि ग्राहकहरुले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट गरेको ग्राहकहरुले पनि ग्यापु एपको लिंक अरुलाई रिफर गरे वापत आफ्नो पहिलो खरिदमा छुट साथै विभिन्न रिर्वाडहरु पाउन सक्ने खड्काले बताए ।

ग्यापु एपमा दर्ता भएका जो सुकै ग्राहकले पनि यो अफरमा सहभागि हुन पाउनेछन् । त्यसका लागि ग्यापु एप डाउनलोड गरेर आफ्नो नाम रजिस्टर गरेपछि त्यसलाई भेरिफाई गर्न सकिन्छ ।

आफ्नो अकाउन्ट ईमेल अथवा मोवाइल नम्बरबाट भेरिफाई भइसकेपछि ग्राहकले आफ्ना साथीहरुलाई ग्यापु एप रिफर गरेर जि(क्यास कमाउन सक्नेछन् ।

जिक्यास ग्यापुले आफ्ना ग्राहकहरुकहरुको लागि ल्याएको क्यास रिवार्ड अफर हो जुन ग्यापुबाट सामानहररु खरिद गर्नेबेलामा मात्र प्रयोग गर्न सकिनेछ ।

ग्यापु एप डाउनलोड गर्ने वित्तिकै ग्राहकले आफ्नो खातामा रु. ५० को जि-क्यास प्राप्त गर्नसक्नेछन् भने मोबाइल भेरिफाइ गरिसके पछि थप रु ५० पनि प्राप्त गर्नेछन्, हरेक ग्राहकले यसरी आफुले ग्यापु मोबाइल एप डाउनलोड गर्दा रु १०० बोनस प्राप्त गर्न सक्नेछन।

त्यसैगरि प्रत्येक रिफरमा ग्राहकले हरेक पटक थप रु ५० प्राप्त गर्नेछ । जति धेरै रिफर गर्न सक्यो त्यति नै धेरै जि-क्यास प्राप्त हुनेछ । ग्यापु रिफर लिंक ह्वाट्एप, मेसेन्जर, भाइबर लगायत सामाजिक सञ्जालमार्फत सेयर गर्न सकिनेछ ।

रिफर मार्फत डाउनलोड गरिएको ग्यापु अकाउन्टको जि-क्यासमा रु १०० व्यालेन्स हुनेछ भने सोही लिंक रिफर गर्दा थप रु २० को व्यालेन्स अकाउन्टमा जम्मा हुनेछ । रिफर गरेको साथीले ग्यापु एप डाउनलोड गरेर आफ्नो मोबाइल र इमेल अकाउन्ट भेरिफाई गरेपछि मात्र त्यो रिफर गरेको मान्य हुनेछ ।

आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकहरुको लागि ुरिफर एण्ड अर्नु अफरको सुरुवात गरेको थियो ।

त्यस्तै निषेधाज्ञाको समयमा घर घर निशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ साल भित्रमा मोबाइल एप डाउनलोड गर्नेहरु मध्ये एकजनालाई नयाँ कार उपहार दिने घोषणा गरिसकेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ००:००  १२ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping