दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर « Eglish Khabarhub

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर


१७ श्रावण २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । कोभिड-१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुन: सुधार देखिएको कोरियाको सरकारी तथ्यांकले देखाएको छ ।

खोपका कारण कोभिड-१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ ।

दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो बर्षभन्दा २९.६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ । सन् १९५६ मा तथ्यांक संकलन हुन थालेदेखि यता यो नै सबैभन्दा धेरै निर्यात भएको सरकारी अधिकारीले बताएका छन् ।

यस पहिले सेप्टेम्बर २०१७ मा दक्षिण कोरियाको निर्यात दरमा ५५.१२ अर्ब अमेरिकी डलर बराबरको वृद्धि भएको थियो ।

जुलाईमा आयात ३८.२ प्रतिशतले बढेर ५३.६७ अरब अमेरिकी डलर पुगेको तथ्यांकले देखाएको छ । यसले गर्दा दक्षिण कोरियाको व्यापार बचत १.७७ अर्ब अमेरिकी डलर पुगेको छ ।

व्यापार सन्तुलनको अवस्थामा निरन्तर १५ महिनासम्म चिन्ताजनक रहेको थियो । दक्षिण कोरियामा लगातार चौथो महिना निर्यात दरमा २० प्रतिशतभन्दा बढी ले वृद्धि भएको छ भने गत वर्षको नोभेम्बरदेखि नौ महिनासम्म वृद्धिमा निरन्तरता कायम छ ।

यस वर्षको पहिलो सात महिनामा निर्यात ३५८.७ अर्ब अमेरिकी डलर बराबरको नयाँ उचाइमा पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २६.६ प्रतिशतको वृद्धि हो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ००:००  १२ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping