भूमि आयोग खारेजविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश « Eglish Khabarhub

भूमि आयोग खारेजविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले भूमि सम्बन्धी समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

‘विघटित भूमि सम्बन्धी समाधान आयोगका काम कारबाही सम्बन्धी अभिलेख, भौतिक स्रोत साधनलगायतका व्यवस्थापन सम्बन्धी कुराहरु अन्यथा परिवर्तन वा रुपान्तरण नगरी यथास्थितिमा राख्नु भनी अल्पकालिन अन्तरिक आदेश जारी भएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसहित रोशन खड्का र प्रवेश केसीले आयोग खारेज गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले सोमबार यस्तो अन्तरिम आदेश दिएको हो ।

Publish on: