![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले चालु आर्थिक वर्षको लागि ल्याउन लागेको मौद्रिक नीतिलाई पास गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिउसो मौद्रिक नीति सार्वजनिक गर्नेछन् ।
शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले मौद्रिक नीतिलाई पास गरेर अन्तिम रुप दिएको छ ।
राष्ट्र बैंकले ४ बजेर १५ मिनेटमा मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ । राष्ट्र बैंकका स्रोतका अनुसार यो वर्षको मौद्रिक नीतिले कोभिड प्रभावित व्यवसायीलाई दिने सहुलियतलाई निरन्तरता दिने छ ।
यसबाहेक केन्द्रिय बैंकले यो पटक मौद्रिक नीतिमा बिग मर्जरलाई प्रोत्साहन हुने नीति ल्याउने छ । बिग मर्जरलाई प्रोत्साहन हुने नीति लिएपनि केन्द्रिय बैंकले फोर्स मर्जर भने गर्ने छैन ।
SHARE YOUR THOUGHTS