![](https://internal.appharu.com/wp-content/uploads/2021/07/hitendra-dev-shakya-hitendra-deb-hitendradeb.jpg)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तीको विरोधमा हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
आफूले राजीनामा नदिएको र सरकारले कुलमानलाई नियुक्त गरेको भन्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
उनले आफ्नो सहमति बिना नै जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र कुलमान घिसिङलाई आफ्नो पदाधिकार नटुटेको र कायम रहेको प्राधिकरणको कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गलत भएको दावी गर्दै रिट दायर गरेका छन् ।
SHARE YOUR THOUGHTS