ट्विटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने « Eglish Khabarhub

ट्विटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने


४ भाद्र २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । ट्विटरले अबदेखि यस्तो व्यवस्था गर्न लागेको हो ।

गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्विटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्विटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन् ।

व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइजती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्विटरले गरेको थियो ।

गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिन सकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् ।

विषेश गरेर राजनीति, जनस्वास्थ्यलगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्विटरको प्रयास हो ।

कुनै ट्विटर ह्यान्डलबाट पटक पटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रीय पारिदिनेसम्मको योजना ट्विटरले बनाएको छ ।

शुरुवातमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था गरिएको छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ००:००  १२ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping