सशस्त्र प्रहरी बलले करिब ११ सय जनाका लागि जागिर खुलायो « Eglish Khabarhub

सशस्त्र प्रहरी बलले करिब ११ सय जनाका लागि जागिर खुलायो



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले करिब ११ सय कर्मचारी माग गरेको छ । प्रहरी कार्यालयले आज एक सूचना प्रकाशित गदै
गर्दै विभिन्न तहमा १ हजार ९५ जना कर्मचारी माग गरेको हो ।

प्रहरी बलले नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ विभिन्न पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।

प्रहरी बलले जारी गरेको सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक ७५ जना, सहायक निरीक्षक १३७ जना, प्रहरी जवान ७५५ जना, प्रहरी परिचर (भान्से) ८८ जना, केशकर्तक १४ जना, कूचीकार १३ जना, सूचिकार ७ जना, चर्मकर्की ४ जना र माली २ जना गरी करिब ११ सय माग गरेको छ । त्यसमा १ सय २८ जना परिचारक माग गरेको छ ।

सूचनामा खुला ५८८ जना, अशक्त १३ जना, महिला ९९ जना, आदिवासी जनजाती १६० जना, मधेसी १३८ जना, दलित ७३ जना र पिछडिएका क्षेत्रका २४ जनाको संख्यामा खुलाएको छ ।

इच्छुकले असोज १० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

Publish on: