चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको माग उच्च « Eglish Khabarhub

चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको माग उच्च


१४ भाद्र २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाली महिलाहरूको महान चाडपर्व तीज नजिकिँदै गर्दा बजारमा सुन चाँदीको माग बढ्न थालेको छ । गत वर्ष कोरोना महामारीले गर्दा खासै उत्साह नदेखिएको तीजमा यो वर्ष भने कोरोनाकै समय भएपनि चहलपहल शुरू भएको छ ।

सामान्य अवस्थामा तीज आउनुभन्दा एक महिना अघिनै बजारमा रौनक छाउँथ्यो । हरेक पार्टीप्यालेस तथा सुनचाँदी पसलमा भीड बढ्थ्यो । अहिले कोरोनाका कारण भेला तथा सम्मेलनमा रोक लगाएकाले तीजको रौनक खासै देखिँदैन । तर भेला सम्मेलन नभए पनि सुनचाँदीको माग भने उच्च रहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा सुनचाँदीको माग बढेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले बताए । उनका अनुसार गत वर्षको तुलनामा वातावरण केही सहज भएकाले बजारमा माग बढेको हो ।

सरकारले हाल दैनिक रुपमा २० केजी वितरण गर्दै आएका छन् । तर, अहिले उक्त २० केजी सुनले बजार नधान्ने उनले जिकिर गरे । ‘तीजकै समयमा दैनिक ३५ केजीसम्म बिक्री हुने गर्दछ,’ उनले क्लिकमान्डूसँग भने, ‘सरकारले चाडपर्वको समयमा पनि २० केजीमात्रै वितरण गर्ने गर्दछ । जसले गर्दा बजारमा सुनको अभाव देखिन्छ ।’

सरकारले हाल २० केजी सुन वितरण गरे पनि व्यवसाय हुने समयमा दैनिक ३० देखि ४० केजी पु¥याउनुपर्ने व्यवसायीहरूको भनाई छ । उनीहरूका अनुसार चाडपर्वको समयमा व्यवसायीले तोकेको कोटा वितरण गरेमा बजार सन्तुलन गर्न सहज हुनेछ ।

आयात उच्च

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै उच्च रुपमा आयात निर्यात भएको छ । कोरोना महामारीले आर्थिक मन्दी खेपिरहेको अवस्थामा आयातमै भर पर्नुपर्ने भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै नेपालमा विभिन्न चाडपर्व नजिकिँदै गर्दा सुन चाँदीको आयात उच्च भएको छ । चालु आवको साउन महिनामा मात्रै ३ अर्ब १६ करोड ४७ लाख मूल्यय बराबरको ४ सय ५८ केजी सुन आयात गरेको छ । सो आयातित सुनबाट नेपाल सरकारले ३८ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी, एक महिनाको अवधिमा चाँदी मात्रै २ अर्ब ६२ करोड १७ लाख रुपैयाँ बराबरको २६ हजार २ सय केजी चाँदी आयात गरेको छ । उक्त आयातित चाँदीबाट नेपालले २२ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत वर्ष कोरोना महामारीले गर्दा पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न पाएका थिएनन् । सो वर्ष सुनचाँदी व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै आन्दोलन गरेका थिए । साथै, सरकारले दिएको सुनको कोटा ३० केजी पु¥याउनु पर्ने व्यवसायीहरूको धारणा थियो । सो वर्ष पूर्ण रुपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा र व्यवसाय सञ्चालन गर्न नपाउँदा आयात निकै कम भएको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्ले गत वर्ष साउन महिनामा ७ करोड ६१ लाख ४६ हजार रुपैयाँ बराबरको १ हजार केजी मात्रै चाँँदी आयात भएको थियो । तर, सुन भने एक केजी आयात नभएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ००:००  २ : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping