अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा, रिङरोडभित्र डेलिभरी निःशुल्क « Eglish Khabarhub

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा, रिङरोडभित्र डेलिभरी निःशुल्क


१४ भाद्र २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

विगत ८ महिनादेखि सामान डेलिभरी सेवा दिँदै आएको कम्पनीले महामारीका कारण आफ्नो व्यवसायको औपचारिक शुरुवातको घोषणा गरेको थिएन ।

डोरमिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको तर हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरुले ग्राहकलाई चित्तबुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट डटकम सञ्चालनमा ल्याइएको बताए ।

‘अहिले धेरै इकमर्स प्लेटफर्महरु छन्, तर उपभोक्ताले खोजेजस्तो र भरपर्दो सेवा पाइरहेका छैनन्,’ सापकोटाले भने, ‘त्यसैले हामीले उपभोक्ताले कस्तो खालको इ–कमर्स प्लेटफम चाहेका हुन भन्ने लामो अनुसन्धान र सर्वेक्षणपछि उपभोक्ताकै सुझावका आधारमा व्यवसाय शुरु गरेका हौं ।’

साना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएकोसमेत सापकोटाले जानकारी दिए ।

डोरमिट डटकमले काठमाडौंको रिङरोडभित्र एक हजारभन्दा बढी मूल्यको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको सुविधा दिनेसमेत जनाएको छ ।

हालसम्म ३ हजार बढी हजार सामानको अर्डर डेलिभर गरिसकिएको र दैनिकरुपमा ६० देखि ७० वटासम्म अर्डर आउने गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ००:००  २ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping