२९ मंसिर २०८२, आइतबार

प्रि-ओपनिङमा २.३७ अंकले बढ्यो नेप्से, ४८ कम्पनीको कारोबार


काठमाडौं । सोमबारको विदापछि मंगलबार खुलेको सेयर बजारको प्रि–ओपनिङमा नेप्से परिसूचक २.३७ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ४८ वटा कम्पनीको कारोबार भएको छ । जसमा २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीहरुमा सिंगटी हाइड्रो इनर्जी, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट, जानकी फाइनान्सलगायतका कम्पनी छन् भने सेयर मूल्य घट्ने कम्पनीहरुमा गरिमा विकास लघुवित्त, लाइफ इन्स्योरेन्स, रुरु जलविद्युत् परियोजना, आइसीएफसी फाइनान्स, स्वरोजगार लघुवित्तलगायत कम्पनी छन् ।