२८ मंसिर २०८२, शनिबार

आइएमई पे एपबाट क्यूआर कोड स्क्यान गर्दा एक हजार रुपैयाँ जित्न सकिने


काठमाडौं । ‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट क्यूआर कोड स्क्यान गर्दा १ हजार रुपैयाँसम्म जित्न सकिने भएको छ । कम्पनीले नयाँ योजना सार्वजनिक गर्दै भदौ १६ गतेदेखि असोज १४ गतेसम्म योजना लागू हुने जानकारी दिएको छ ।

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर कोड, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप भएको कम्पनीको दावी छ ।

नेपालमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसाथ गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने कम्पनीको विश्वास छ ।