मनास्लु हिमाल आरोहणका लागि २ टोलीले पाए अनुमति « Eglish Khabarhub

मनास्लु हिमाल आरोहणका लागि २ टोलीले पाए अनुमति



काठमाडौं । मनास्लु हिमाल आरोहणका लागि २ टोलीले अनुमति पाएका छन् । पर्यटन विभागले यो वर्षको अटम सिजनका लागि नयाँ अनुमति जारी गरेको हो ।

विभागका अनुसार पहिलो टोलीमा १० जना पुरुष र ५ जना महिलासहित १५ जना र दोस्रो टोलीमा १० जना पुरुषले अनुमति पाएका हुन् ।

जसबाट सरकारले २६ लाख ४६ हजार रुपैयाँ संकलन गरेको छ ।

Publish on: