![](https://internal.appharu.com/wp-content/uploads/2021/09/IMG-20210901-WA0034-768x576.jpg)
काठमाडाँै । प्रोटोनले चाडपर्वलाई लक्षित गरेर दशैं दक्षिणा योजना ल्याएको छ ।
भदौ १७ गतेबाट सुरु हुने यो योजना प्रोटोनका काठमाडौँ, बुटवल र पोखरामा रहेका सोरुममा लागु हुनेछ ।
दशैं दक्षिणा योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा १ लाख देखि ६ लाखसम्मको दक्षिणा पाउन सक्नेछन् । साथै कुनैपनि ब्राण्डका गाडीसँग प्रोटोनको गाडी एक्सचेञ्ज गरेमा ५० हजार देखि २ लाखसम्म एक्सचेञ्ज बोनस पाउन सक्नेछन् ।
त्यस्तै प्रोटोनको नयाँ गाडी खरिदमा ५० हजार देखि २ लाख ५० हजार सम्मको छुट र पाटपूर्जा सित्तैमा पाउनेछन् । यो योजना अन्तर्गत ग्राहकले व्याजदर सहीतको किस्ताबन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन् ।
SHARE YOUR THOUGHTS