पुँजी बजार घटेको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थमन्त्रीको चासो « Eglish Khabarhub

पुँजी बजार घटेको भन्दै लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थमन्त्रीको चासो



काठमाडौं । लगानीकर्ताले राष्ट्र बैंकको नीतिका कारण सेयर बजार घटेको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । राष्ट्र बैंकले गरेको नयाँ सेयर कर्जा नीतिका कारण बजार घटेको भन्दै सोको विरोध लगानीकर्ताले गर्न थाले पछि अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका हुन् ।

पुँजी बजार सुधार संघर्ष समितिले सार्वजनिक विज्ञाप्तिमार्फत् राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा नै माग गरेका छन् । सोसँगै लगानीकर्ताहरुले आन्दोलन÷प्रदर्शनी समेत गरिरहेका छन् ।

राष्ट्र बैंकले लिएको सेयर धितो सम्बन्धी नयाँ कर्जा नीति कै कारण बजार घटेको हो वा अन्य कारणहरु छन् ? भन्ने बारेमा मन्त्रालयमा अनौपचारिक छलफल भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

मौद्रिक नीति सार्वजनिक भएयता सेयर बजार लगातार घटेको भनेर विभिन्न लगानीकर्ता समूहले अर्थमन्त्री शर्मालाई गुनासो गर्न थालेपछि तथ्य के हो भन्ने विषयमा सम्बन्धित पक्षसँग आवश्यक छलफल गर्नुपर्ने मन्त्रीले शर्माले अनौपचारीक रुपमा भनेको ती अधिकारीले जानकारी दिए ।

नियोजित रुपमा सेयर बजार घटाउने मौद्रिक ल्याएको भन्दै सेयर लगानीकर्ता समूहले गभर्नरको राजीनामा समेत माग गर्दै सार्वजनिक विज्ञप्ति निकालेका छन् भने गभर्नरको राजीनामा माग गर्दै लगानीकर्ता समूहले राष्ट्र बैंक घेराउ गर्ने भन्दै आन्दोलनमा शुरु गरेका छन् ।

Publish on: