काठमाडौं । महिला उद्यमी महासंघको पाँचौं अन्र्राष्ट्रिय महिला व्यापार मेला सम्पनन गरेको छ । महासंघले कोभिडका कारण भर्चुअलमार्फत् गत भदौ १७ गतेदेखि शुरू गरिएको अन्तर्राष्ट्रिय महिला व्यापार मेला आज सम्पन्न गरेको हो ।
‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पाँचौ अन्र्तराष्ट्रिय व्यापार मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरूले आफ्ना उत्पादन विक्रिका लागि र्पयाप्त अवसरहरू प्राप्त गरेको जनाएको छ ।
साथै सञ्जाल निर्माण, शिप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादनलाई बढवा दिन एक प्लेटफर्मको रुपमा काम गर्न सफल भएको महासंघको भनाइ छ ।
नेपालका विभिन्न महिला उद्यमी, जिल्ला संघहरूमा आवद्घ महिला उद्यमीहरूले सहभागीता जनाएको सो भर्चुअल व्यापार मेलामा महिला उद्यमीहरूबाट उत्पादित सामाग्रीहरुलाई प्रर्दशन तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रेताहरुले भर्चुअल माध्यमबाट खरिद तथा विक्रि गरेका छन् ।
यस मेलामा महिला उद्यमीहरूको उत्पादनहरू अनलाइन ई–पोर्टल मार्फत् प्रदर्शनी गरिएको थियो । साथै विनबीचको साइटबाट विक्रि गरिएको थियो ।
महासंघका अनुसार माग भई आएका सामाग्रीहरु काठमाडौ उपत्यका लगायत काभे्रपलाञ्चोक जिल्लाका बनेपा, पनौति तथा धुलिखेल लगायतका शहरहरुमा डेलिभरी सेवा दिइएको जनाएको छ ।
महांसघले आयोजना गरेका भर्चुअल व्यापार मेलामा सातै वटा प्रदेशको प्रतिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्धारा उत्पादित ११ सय ३० वटा सामाग्रीहरुलाई विभिन्न ४ समुह (हस्तकला, कृषि तथा खाद्यान्न ,व्यापार र सर्भिस) मा विभाजन गरी प्रर्दशनीमा राखिएको थियो ।
प्रर्दशनी अवधिभरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गरी कुल एक लाख भन्दा बढी दर्शकले भर्चुअल मेलाको अवलोकन गरेका थिए । नेपालमा नै पहिलो पटक आयोजित यस अनलाइन भर्चुअल व्यापार मेलामा महिला उद्यमीहरूले आफ्ना सामाग्रीहरूको प्रचारप्रसार गर्नुका साथै व्यवसायी देखि उपभोक्ता सम्मको सञ्जाल निर्माणको वातावरण तयार भएको महासंघले जिकिर गरे ।
SHARE YOUR THOUGHTS