![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nrb-768x285.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सिमा ९० दिनमा झारेको छ । अघिल्लो वर्ष ९० दिनबाट १८० दिन टिआर कर्जाको सिमा बनाएको केन्द्रिय बैंकले यसलाई पुनः ९० दिनमा झारिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिकामा संसोधन गर्दै टिआर ऋणको सिमालाई ९० दिनमा झारेको हो ।
विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर ऋण लिने गर्छन् । सामान आएको ९० दिनमा भुक्तानी हुने आधारमा यस्तो खालको कर्जाको सिमा ९० दिन राखिएको हुन्छ । अघिल्लो वर्ष यसलाई बढाएर १८० दिन पुर्याएको थियो ।
यस्तै राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित भएका व्यवसायीहरु होटल ट्रेकिङ हवाई लगायतलाई २०७९ सालसम्म भुक्तान गर्नुपर्ने कर्जाको दायित्वयलाई छुट्टै हिसाब बनाएर २ वर्षसम्म ४ किस्तामा असुल गर्ने गरेर हिसाब मिलाउन निर्देशन दिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/09/E-1RG5AUUAolVrv-593x768.jpg)
SHARE YOUR THOUGHTS