![](https://internal.appharu.com/wp-content/uploads/2019/05/Shivam-Cement_tyk1o1e8xy.jpg)
काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ ।
आगामी असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुन गइरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरका रुपमा काठमाडौं किंग्स इलाभेनमा आबद्ध हुनेछ ।
हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किंग्स ११ बीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम् सिमेन्ट लिमिटेडले काठमाडौं किंग्स इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् ।
बहुचर्चित नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किंग्स इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन् ।
SHARE YOUR THOUGHTS