लगानीकर्तामा चरम निराशा, नेप्से ११४ अंकले घट्दा दर्जनबढी कम्पनीको सेयरमा नेगेटिभ सर्किट « Eglish Khabarhub

लगानीकर्तामा चरम निराशा, नेप्से ११४ अंकले घट्दा दर्जनबढी कम्पनीको सेयरमा नेगेटिभ सर्किट



काठमाडौं । आइतबारको सार्वजनिक विदापछि सोमबार खुलेको सेयर बजार राताम्मे भएको छ । सेयर लगानीकर्तामा चरम निराशा देखिएको छ ।

सोमबारको कारोबारमा नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२५ अंकमा सीमित भएको छ । यो दिनको कारोबारमा १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा २१२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स, विकास बैंक तथा जलविद्युत् कम्पनीतर्फ भारी गिरावट देखिएको छ । साथै लगानी समूह, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, ट्रेडिङ उपसूचकमा पनि भारी गिरावट देखिएको छ ।

यो दिन एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास कम्पनी, युनाइटेड इदी मार्दी आर बी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंकलगायत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यद्यपि मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । साथै डिप्रोक्स लघुवित्त, लक्ष्मी लघुवित्त, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ ।

Publish on: