ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी « Eglish Khabarhub

ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी


५ आश्विन २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले तत्कालै घटाउन निर्देशन दिएको छ ।


मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर नियम विपरित निक्षेपको ब्याजदर बढाउनेहरुलाई तत्कालै घटाउन निर्देशन दिँदै अब यसो गरे कारबाही गर्ने कडा चेतावनी दिएको हो ।


बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएको छ । जसले गर्दा बैंक तथा वित्त कम्पनी असोज १ गतेदेखि लागु हुने गरी निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका छन् ।


केही बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको निक्षेपको स्पे्रडदर उल्लंघन गर्दै निक्षेपको ब्याजदर घोषणा गरेपछि राष्ट्र बैंकले बैंकरहरुलाई बोलाएको हो ।


राष्ट्र बैंकले गत वर्षको साउनमा निर्देशन जारी गर्दै बैंक तथा वित्त कम्पनीले बचत र मुद्दति निक्षेपको ब्याजदरमा ५ प्रतिशतको अन्तर (स्प्रेडदर) कायम गर्नुपर्ने उल्लेख छ । आगामी महिनामा लागू हुने ब्याजदर अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्न निर्देशन दिएको थियो ।


साथै, एकपटक सार्वजनिक गरेको ब्याजदर एक महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्थासमेत गरिसकेको छ ।


तर, बैंक तथा वित्त कम्पनीहरुले यस पटक भने असोज महिनामा लागू हुने निक्षेपको ब्याजदर भदौ मसान्तअघि नै सार्वजनिक गरेका छन् । केही बैंक तथा वित्त कम्पनीले यसअघि सार्वजनिक गरेको ब्याजदर एक महिना नपुग्दै पुनरावलोकन भन्दै नयाँ ब्याजदर घोषणा गरेपछि केन्द्रिय बैंक रिसाएको हो ।


राष्ट्र बैंकले दिएको निर्देशनविपरित धेरैजसो विकास बैंकहरुले बचतमा दिने ब्याजदर र मुद्दति निक्षेपमा दिने ब्याजदर ५ प्रतिशतको अन्तर नै कायम नगरेको राष्ट्र बैंकको ठहर छ । जसमा मुक्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक, प्रोगेसिफ फाइनान्स र मञ्जुश्री फाइनान्सले ५ प्रतिशतको स्प्रेड कायम गरेका थिएनन् । ती बैंकका सीइओलाई राष्ट्र बैंकले आजै घटाएर नयाँ ब्याजदर प्रकाशित गर्न निर्देशन दिएको छ ।


मुक्तिनाथ विकास बैंक र सांग्रिला विकास बैंकले यसअघि नै सार्वजनिक निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गरी प्रेश विज्ञाप्तीमार्फत् ब्याजदर घोषणा गरेको थियो । सोही ०.५ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकले निर्देशन दिएको स्रोतले बताएको छ ।


साथै, केही वाणिज्य बैंकहरुले साउनमै भदौदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेपनि अन्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै पुनः नयाँ ब्याजदर घोषणा गरेका छन् । जसमा सिभिल बैंक र सेञ्चुरी बैंकलाई राष्ट्र बैंकले सम्झाएको स्रोतले जानकारी दियो ।


बैंकर्सहरुलाई बोलाइएको सो बैंठकमा राष्ट्र बैंकका राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. निलम ढुंगाना, बमबहादुर मिश्र, नियम विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सबै बैंक तथा वित्त कम्पनी सुपरिवेक्षणका कार्यकारी निर्देशकहरु उपस्थित थिए ।

बैंक तथा वित्त कम्पनीहरुको छाता संगठनबाट नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, उपाध्यक्ष अनिल उपाध्यय, डेभलपमेन्ट बैंकर्स एशोसिएशनबाट अध्यक्ष प्रघुम्न पोखरेल, निवर्तमान अध्यक्ष गोविन्द ढकाल र ज्योति विकास बैंकका सीइओ श्रीचन्द्र भट्ट, फाइनान्स कम्पनी बैंकर्स संघका तर्फबाट अध्यक्ष सरोजकाजी तुलाधार र आइसीएफसी फाइनान्सका सीइओ सुनिल पन्त उपस्थित थिए ।


केन्द्रीय बैंकले बैंकर्सहरुलाई मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म नियमविपरित बढाएको ब्याजदरका विषयमा क्लास लिएको थियो ।


वाणिज्य बैंकहरुले बढाएको ब्याजदरका विषयमा पनि केन्द्रिय बैंकका अधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । व्याजदरका विषयमा बैंकहरु संयमित नभए राष्ट बैंकले हस्तक्षेप गर्ने प्रष्ट संकेत राष्ट्र बैंकका अधिकारीहरुले गरेका छन् ।


केन्द्रिय बैंकको निर्देशनपछि तीनवटै संघका अध्यक्षहरुले आफ्ना सदस्यहरुलाई ब्याजदरका बारेमा राष्ट्र बैंकले दिएको कडा निर्देशनको जानकारी गराइसकेका छन् ।

‘तपाईंहरु संयमित नभए हामी हस्तक्षेप गर्न बाध्य हुनेछौं, डेपुटी गभर्नर बमबहादुर मिश्रले यसो भन्दै सम्झाउनुभयो,’ स्रोतले भन्यो ।


बैंकरहरुले सेवाशुल्कमा राष्ट बैंकले गरेको कडाइमा पुनरविचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार ००:००  ८ : ५३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping