काठमाडौं । विभिन्न २० वटा कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन् । सेबोनका अनुसार विभिन्न क्षेत्रका कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि आवेदन दिएका हुन् ।
सेबोनका अनुसार १२ वटा हाइड्रोपावर कम्पनी, ४ वटा माइक्रोफाइनान्स, २ वटा बीमा कम्पनीका साथै अन्य क्षेत्रका २ वटा कम्पनीले ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका हुन् ।
सेबोनका अनुसार अन्डर प्रिलिमिनरी रिभ्यू अन्तर्गत १२ वटा कम्पनी छन् । जसमध्ये सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ, अपरसोलू हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँ, अपर हेवाखोला हाइड्रोपावरले २० करोड रुपैयाँ र इमर्जिङ नेपाल लिमिटेडले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।
त्यसैगरी जल्पा सामूदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ, राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ, रियालबल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्य २१२ रुपैयाँ अंकितका दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।
अन्डर प्रिलिमिनरी रिभ्यू अन्तर्गत रहेका अन्य कम्पनीमा उपकिार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ, रिभल फल्स पावरको ३४ करोड ३० लाख रुपैयाँ, थ्रि स्टार हाइड्रोपावरको १२ करोड ३१ लाख २५ हजार रुपैयाँ र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।
त्यसैगरी रिभ्यूड एण्ड कमेन्ट सेन्ट अन्तर्गत ३ वटा कम्पनी छन् । जसमा डिस मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ र दोर्दी खोला जलविद्युत्को २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।
साथै रिप्लाइड एण्ड अन्डर रिभ्यू अन्तर्गत ५ वटा कम्पनी रहेका छन् । सेबोनका अनुसार विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ, हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँ, बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ, ग्रीन भेञ्चर लिमिटेडको ६२ करोड ५० लाख रुपैयाँ र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि आवेदन दिएको छ ।
SHARE YOUR THOUGHTS