कुन वालेटबाट हवाई टिकट काट्दा पाइन्छ सबैभन्दा धेरै क्यासब्याक ? « Eglish Khabarhub

कुन वालेटबाट हवाई टिकट काट्दा पाइन्छ सबैभन्दा धेरै क्यासब्याक ?


१४ आश्विन २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । विद्युतीय भुक्तानीमा मोबाइल वालेटको प्रयोग पछिल्ला केही महिनायता उल्लेख्य मात्रामा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिने नीति लिएसँगै यसका प्रयोगकर्ता पनि उसैगरी बढेका छन् ।

विशेष गरी कोरोना महामारीका समयमा सेवा लिन बैंकसम्म पुग्न असहज अवस्था भइरहेका बेलामा यसको प्रयोग बढेको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत भदौ महिनाको तथ्यांक अनुसार उक्त महिनामा मात्रै १ करोड ३१ लाख ५५ हजार ५०१ जनाले मोबाइल वालेट प्रयोग गरी १४ अर्ब ५ करोड २० लाख रुपैयाँको भुक्तानी गरेका छन् ।

वालेटको प्रयोग बढेसँगै विजुली, खानेपानी, स्कुललगायतका शुल्कका साथै रिचार्ज पनि उसैगरी बढेको छ । साथै वालेटबाटै मुभी तथा हवाई टिकट काट्ने सुविधाले उपभोक्तालाई अझ सहज बनाएको छ ।पहिले ट्राभल एजेन्सीमा गएर वा सम्बन्धित विमान कम्पनीको काउन्टरमा गएर

टिकट काट्नुपर्ने झन्झटिलो प्रक्रिया अहिले वालेटमा एकै क्लिकका भरमा हुन थालेको छ । विमान कम्पनीहरुका अनुसार ६० देखि ७० प्रतिशत टिकट मोबाइल वालेटबाट मात्रै काटिन थालिएको छ ।

वालेटबाट हवाई टिकट काट्दा उपभोक्ताले निश्चित प्रतिशत वा निश्चित रकम क्यासब्याक पनि पाउँछन् । वालेट कम्पनीहरुले विमान कम्पनीहरुको सहकार्यमा उक्त छुट उपभोक्तालाई उपलब्ध गराएका हुन्छन् । जसमा विमान कम्पनी अनुसार क्यास ब्याक पाउने रकम र प्रतिशतमा पनि फरक पर्ने गरेको हुन्छ ।

यात्रुलाई विद्युतीय प्रणालीमा आकर्षित गर्नका लागि विमान कम्पनी र वालेट कम्पनीहरुले आ–आफ्नै ढंगले अरुभन्दा धेरै क्यासब्याक वा छुटको अफर पनि ल्याएका हुन्छन् ।

कुन वालेटबाट कुन गन्तव्यको टिकट काट्दा कति पाइन्छ क्यासब्याक ?
क्लिकमाण्डूले संकलन गरेको गन्तव्य र वालेट अनुसारको क्यासब्याक अन्तर्गत गन्तव्यअनुसार न्यूनतम ३५.३७ रुपैयाँदेखि एउटै टिकटमा ९ सय रुपैयाँसम्म क्यासब्याकको अफर पाउने सुविधा वालेटहरुले उपलब्ध गराएका छन् । जसमा सबैभन्दा धेरै सेलपे वालेटबाट हवाई टिकट काट्दा क्यासब्याक पाइने प्राप्त तथ्यांकबाट देखिएको छ ।

क्लिकमाण्डूले वालेटमा सेलपे, इसेवा, खल्ती र आइएमई पेबाट काठमाडौं–पोखरा, काठमाडौं–नेपालगञ्ज र काठमाडौं–सिमरा रुटमा बुध्द एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स र गुण एयरलाइन्सको अधिकतम मूल्यको टिकट काट्दा कति क्यासब्याक पाइन्छ भन्ने तथ्यांक संकलन गरेको छ ।

सेलपे
सेल पे वालेटबाट हवाई टिकट काट्दा बुध्द एयरको काठमाडौं–पोखराका लागि ५ हजार ३५ रुपैयाँको टिकट काट्दा २७७.६ रुपैयाँ क्यासब्याक पाइन्छ भने यति एयरलाइन्सको हकमा सोही गन्तव्यको सोही दरको टिकट काट्दा ३३५ रुपैयाँ क्यासब्याक पाइन्छ । साथै गुण एयरलाइन्सको सोही गन्तव्यका लागि ५ हजार रुपैयाँको टिकट काट्दा ६५५.८८ रुपैयाँ क्यासब्याक पाइन्छ ।

साथै, सेलपेबाट बुध्द एयरको काठमाडौं–नेपालगञ्ज रुटका लागि १० हजार २८५ रुपैयाँको टिकट काट्दा ५८२.८ रुपैयाँ, यति एयरलाइन्सको सोही गन्तव्यको सोही मूल्य बराबरको टिकट काट्दा ७०० रुपैयाँ, श्री एयरलाइन्सको सोही गन्तव्यको १० हजार ३०० रुपैयाँको टिकट काट्दा ९००.०९ रुपैयाँ क्यासब्याक पाइन्छ ।

साथै सेल पेबाट बुध्द एयरको काठमाडौं–सिमरा उडानका लागि ३ हजार रुपैयाँको टिकट खरिदमा १८२.७ रुपैयाँ, यति एयरलाइन्स र श्री एयरलाइन्सको सोही मूल्य र गन्तव्यको टिकट काट्दा क्रमशः १७६.८ रुपैयाँ र २५०.१ रुपैयाँ क्यासब्याक पाइन्छ ।

इसेवा
इसेवाबाट काठमाडौं–पोखरा रुटमा ५ हजार ३५ रुपैयाँको टिकट काट्दा १५२.६८ रुपैयाँ क्यासब्याक पाइन्छ भने यति एयरलाइन्सको सोही गन्तव्यका लागि सोही मूल्यको टिकट खरिद गर्दा २१० रुपैयाँ क्यासब्याक पाइन्छ । साथै गुण एयरलाइन्सको सोही गन्तव्यमा ५ हजार रुपैयाँको टिकट खरिदमा १३१ रुपैयाँ क्यासब्याक पाइन्छ ।

साथै, इसेवाबाट बुध्द एयर र यति एयरलाइन्सको काठमाडौं–नेपालगञ्ज रुटका लागि १० हजार २८५ रुपैयाँको टिकट काट्दा क्रमशः ११६.५६ रुपैयाँ र २०० रुपैयाँ क्यासब्याक पाइन्छ । साथै श्री एयरलाइन्सको सोही रुटको १० हजार ३०० रुपैयाँको टिकट काट्दा १८० रुपैयाँ क्यासब्याक पाइन्छ ।

साथै सिमराको हकमा बुध्द एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सको ३ हजार रुपैयाँको टिकट काट्दा क्रमशः ३६.५४ रुपैयाँ, ३५.३७ रुपैयाँ र ५०.०२ रुपैयाँ क्यासब्याक पाइन्छ ।

खल्ती
खल्ती वालेटबाट बुध्द एयरको काठमाडौं–पोखरा रुटमा ५ हजार ३५ रुपैयाँको टिकट काट्दा १५२.६८ रुपैयाँ क्यासब्याक पाइन्छ भने यति एयरलाइन्सको सोही रुटमा सोही मूल्यको टिकट काट्दा २१० रुपैयाँ क्यासब्याक पाइन्छ । साथै सोही रुटमा गुण एयरलाइन्सको ५ हजार रुपैयाँको टिकट काट्दा ३६०.७१ रुपैयाँ क्यासब्याक पाइन्छ ।

साथै, खल्तीबाट बुध्द एयरको काठमाडौं–नेपालगञ्ज रुटका लागि १० हजार २८५ रुपैयाँको टिकट काट्दा ३२०.५४ रुपैयाँ, यति एयरलाइन्सको सोही रुट र गन्तव्यको टिकट काट्दा भने ६०० रुपैयाँ र श्री एयरलाइन्सको काठमाडौं–नेपालगञ्ज रुटमा १० हजार ३०० रुपैयाँको टिकट काट्दा ४९५.०५ रुपैयाँ क्यासब्याक पाइन्छ ।

त्यसैगरी खल्तीबाट बुध्द एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सको काठमाडौं–सिमरा रुटको ३ हजार रुपैयाँको टिकट काट्दा क्रमशः १००.४८ रुपैयाँ, १०९.६२ रुपैयाँ र १३७.५६ रुपैयाँ क्यासब्याक पाइन्छ ।

आइएमई पे
आइएमई पेबाट काठमाडौं–पोखरा रुटका लागि ५ हजार ३५ रुपैयाँको टिकट काट्दा १६६ रुपैयाँ क्यासब्याक पाइन्छ भने यति एयरलाइन्समा सोही गन्तव्यमा सोही मूल्य बराबरको टिकट काट्दा २०१ रुपैयाँ क्यासब्याक पाइन्छ ।

साथै, बुध्द एयरबाट काठमाडौं–नेपालगञ्ज रुटका लागि १० हजार २८५ रुपैयाँको टिकट काट्दा ३४९ रुपैयाँ र यति एयरलाइन्सको सोही रुटको सोही मूल्य बराबरको टिकट काट्दा ४२० रुपैयाँ क्यासब्याक पाइन्छ । त्यसैगरी श्री एयरलाइन्सको १० हजार ३ सय रुपैयाँको टिकट काट्दा ५४० रुपैयाँ क्यासब्याक पाइन्छ ।

त्यसैगरी काठमाडौं–सिमरा रुटको हकमा आइएमई पेबाट ३ सय रुपैयाँको बुध्द एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सको टिकट खरिद गर्दा क्रमशः १०९ रुपैयाँ, १०६ रुपैयाँ र १५० रुपैयाँ क्यासब्याक पाइन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार ००:००  ३ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping