कुमारी बैंकका ग्राहकले यती एअरलाइन्सको टिकट काट्दा रिवार्ड प्वाइन्ट पाउने « Eglish Khabarhub

कुमारी बैंकका ग्राहकले यती एअरलाइन्सको टिकट काट्दा रिवार्ड प्वाइन्ट पाउने



काठमाडौं । कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्वाइप फ्लाइ क्याम्पेनको शुरुवात गर्नका लागि सम्झौता भएको छ ।

यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव को–ब्राण्ड कार्ड जारी गरिने भएको हो ।

कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लव कार्डका वाहकले अब हरेक टिकटको खरिदमा कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गर्ने जानकारी दिए ।

अब एयरलाइन्स र बैंकका साझेदार ग्राहकले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले बताए ।

बैंक र एयरलाइन्सको साझेदार ग्राहकले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि ग्राहकहरुले सजिलै उपभोग गर्न सक्नेछन् ।

आवश्यकतानुसार यती एयरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ । कुमारी स्काइ क्लब कार्ड स्वाइप गरी १०० रुपैयाँ भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिनेछ ।

Publish on: