दशैं तिहारलक्षित मोबाइल आयात ३०% ले बढ्यो « Eglish Khabarhub

दशैं तिहारलक्षित मोबाइल आयात ३०% ले बढ्यो


१४ आश्विन २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी बजारमा मोबाइल फोनको आयात उच्च देखिएको छ । हरेक वर्ष दशैं नजिकिँदै गर्दा विभिन्न अफरसहित आकर्षण गर्ने गरी विभिन्न कम्पनीले दशैंलक्षित मोबाइल फोन आयात गरेको हो ।

भन्सार विभागको तथ्याङ्कले मोबाइल फोन उच्च रुपमा आयात भएको देखाउँदछ । बजारमा विभिन्न कम्पनीले आफ्नो आकर्षण गर्नकालागि अफर सार्वजनिक गरेका छन् । उक्त अफर सार्वजनिक गरेसँगै उच्च रुपमा मोबाइलफोनको बिक्री भएको व्यवसायीहरूको भनाइ छ ।

नेपालले चालु आर्थिक वर्षको २ महिनामै १० अर्ब ३६ करोड ३५ लाख रुपैयाँ बराबरको १४ लाख ९८ हजार ७६५ थान मोबाइल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त आयातित मोबाइलबाट सरकरले १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ भन्सार महशुल उठाएको छ ।

त्यस्तै, गत वर्ष सोही अवधिमा नेपालले ७ अर्ब ९४ करोड २४ लाख रुपैयाँ बराबरको ९ लाख ९५ हजार ५ सय थान मोबाइल आयात भएको थियो ।

साथै, उक्त आयातित मोबाइलबाट १ अर्ब २५ करोड ७० लाख रुपैयाँ भन्सार महशुल उठाएको छ । गत वर्षको तुलनामा चालु आवमा ३०.४८ प्रतिशतले बढी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आवको दुई महिनाको अवधिमा आयातित मोबाइलको आयात हालसम्मकै उच्च हो । साथै, आयातित वस्तु तथा सेवामध्ये चौथो नम्बरमा रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार ००:००  १० : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping