उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्पको आयोजना « Eglish Khabarhub

उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्पको आयोजना


१५ आश्विन २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

बिराटनगर । स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत छनोट भएका २४ स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन शुक्रबारदेखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प कार्यक्रम प्रारम्भ भएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले जबसम्म देशका युवा वर्गले आफनो सोचलाई व्यसायीकतामा रुपान्तरण गर्न सक्दैन तबसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने वताउदै उद्योग संगठन मोरङले नया उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल वनाउन सबैमा आग्रह गरे ।

उनले चार दिने वुट क्याम्पमार्फत् प्रदान गरिने ज्ञान र शिपले स्र्टाटअप व्यवसायीहरुको सोच र अवधारणाको व्यवसायीक विकासका लागि नया सम्भावना र आयामबारेमा दक्ष्ँता अभिवृद्धि गरिने बताउँदै कार्यक्रमको अन्तिम दिन हाट बजारको आयोजना गरी स्टार्टअपहरुको सम्वन्धमा जानकारी दिइने वताए ।

कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चार दिने वुट क्याम्पका स्रोत व्यक्ति निरज खनालले उनले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफनो व्यवसायको भावी लक्ष्य निर्धारण गर्न अनुरोध गर्दै तालिम अवधिमा सहभागीहरुको व्यापारलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न वजार व्यवस्थापन, कर प्रशासन, वित्तीय श्रोत व्यवस्थाप र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरी विजनेश मोडल क्यान्भास तयार गर्ने बताए ।

कार्यक्रमको फोकल पर्सन प्रीति कोईराला भट्टराईले प्रदेश नं. १ का हिमाल, पहाड र तराइबाट छनौट भएका चौविस स्र्टाटअपहरुमा कृषि, जडिवुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीहरुको सहभागिता रहेको बताउँदै वुट क्याम्पले छनोट भएका स्टार्टअपको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउदै लगानीमैत्री वनाउन सहयोग पुर्याउने बताइन ।

कार्यक्रममा स्र्टाटअप एण्ड इनोभेशन समितिका सदस्यहरु, साझेदार संस्थाका प्रतिनिधिहरु, परामर्शदाताहरुका साथै प्रदेश नं. १ को विभिन्न जिल्लाबाट छनोट भएका स्टार्टअपमा आवद्ध उद्यमीहरुको सहभागिता रहेको छ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ००:००  २ : ५३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping