महासंघ अध्यक्ष गोल्छा र बंगलादेशी राजदूतबीच भेट आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड « Eglish Khabarhub

महासंघ अध्यक्ष गोल्छा र बंगलादेशी राजदूतबीच भेट आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड


१५ आश्विन २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा शुक्रबार भेटवार्ता भएको छ ।

भेटमा भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापरिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुबै पक्ष प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेपालको कुल व्यापारमा दक्षिण एशियामा बंगलादेश दोस्रो ठूलो व्यापार साझेदार रहेको तथ्यांकले देखाउँछ । तर पनि व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलर बराबर निर्यात र बंगलादेशबाट ९०.६ मिलियन डलर बराबरको आयात गरेको थियो । यसरी हेर्दा दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ ।

नेपालले हाल मुसुर दाल, खाद्य प्रिपरेशन, गहुंको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्री निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्युतीय सामानहरु आयात गर्दछ ।

०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा भेटमा जोड दिइएको थियो ।

सो अवसरमा राजदूत सलाहुद्दिन नोमन चौधरीको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रकृयामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए ।

बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै अध्यक्ष गोल्छाले बंगलादेशसंग आर्थिक सम्बन्ध मजवुद वनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कुटनीतिमार्फत् सहयोग गर्न आग्रह गरे । साथै उनले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताए ।

राजदुतले द्वीपक्षीय व्यापार बढ्न नसकेकोले यसलाई गम्भीरतापुर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताएका थिए । उनले द्वीपक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिए ।

स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर बिमानस्थल र बंगलादेशको बिमानस्थलबीच सिधा हवाइसेवा सञ्चालन गर्न सकिने सम्भावना औल्याए ।

साथै, उनले आफनोेतर्फबाट आपसी आर्थिक सम्बन्ध बिस्तारका हरेक प्रयास र दुबै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ००:००  ४ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping