२९ मंसिर २०८२, आइतबार

आरएसडीसी लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने


काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफा नोक्सान बाँडफाँट हिसाब तथा सञ्चित मुनाफाबाट हाल कायम रहेको ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको १० प्रतिशत बोसन तथा ०.५२ प्रतिशत (कर प्रयोजन)का लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।