ऋण तिर्नका लागि छ्याङदी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने « Eglish Khabarhub

ऋण तिर्नका लागि छ्याङदी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने



काठमाडौं । छ्याङदी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा रहेको कम्पनीको भनाइ छ ।

कोरोना महामारीक कारण लागू भएको बन्दाबन्दी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण कम्पनीको निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना (४ मेवा)को लागतमा केही वृद्धि भएकाले आयोजना निर्माणका लागि आवश्यक रकम दीर्घकालीन ऋण यसै आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाडौं र कुमारी बैंक समक्ष माग गर्ने र उक्त दीर्घकालीन ऋण प्रस्तावित हकप्रद जारी गरी भुक्तानी गर्ने गरी कम्पनीले हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले तत्काल चुक्ता पुँजीको ४० प्रतिशत (३० प्रतिशत हकप्रद पश्चात) हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोग समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ हुने र त्यसपछि हाल स्वीकृतिका लागि प्रस्तावित ४० प्रतिशत हकप्रद सेयर निष्कासन पश्चता चुक्ता पुँजी ५४ करोड १७ लाख ६८ हजार ५०० रुपैयाँ हुनेछ ।

Publish on: