![](https://internal.appharu.com/wp-content/uploads/2020/06/Airport-7.jpeg)
काठमाडौं । सेप्टेम्बर महिनामा आन्तरिक हवाई उडानतर्फ करिब ४ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन विमानस्थलले दिएको जानकारी अनुसार २२ विमान र हेलिकोप्टरले ३ लाख ८७ हजार ५७९ जना यात्रुलाई सेवा दिएका छन् ।
जसमध्ये सबैभन्दा बढी बुध्द एयर एक्लैले ५७ प्रतिशत यात्रुलाई सेवा दिएको छ । बुध्द एयरले एक महिनामा सबैभन्दा धेरै २ लाख २० हजार ८९६ जना यात्रु ओसारपसार गरेको छ भने दोस्रो स्थानमा रहेको यति एयरलाइन्सले २१.७ प्रतिशत अर्थात् ८४ हजार २७५ जना यात्रुलाई ओसारपसार गरेको छ ।
तेस्रो स्थानमा रहेको श्री एयरलाइन्सले १५.५ प्रतिशत अर्थात् ५९ हजार ९०९ जना यात्रु र सौर्य एयरलाइन्सले ३.६ प्रतिशत अर्थात् १४ हजार १३७ जना यात्रुले एक महिनामा सेवा दिएको छ ।
यता सरकारी विमान नेपाल एयरलाइन्सले भने यस अवधिमा जम्मा जम्मा १ हजार ९०७ जना यात्रुलाई सेवा दिएको छ । साथै असोज १ गतेदेखि उडान शुरु गरेको गुण एयरलाइन्सले यस अवधिमा १ हजार २१३ जना यात्रुलाई सेवा दिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/10/data-airport-768x732.jpg)
SHARE YOUR THOUGHTS