१ पुस २०८२, मंगलबार

प्रि-ओपनिङमा ६.६१ अंकले बढ्यो नेप्से, २४ कम्पनीको कारोबार


काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ६.६१ अंकले बढेको छ ।

प्रि-ओपनिङमा २४ कम्पनीको कारोबार भएको छ ।

जसमा २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रि-ओपनिङमा घलेम्दी हाइड्रो लिमिटेड, साना किसान विकास बैंक, नगादी ग्रुप पावर, सीइडीबी हाइड्रोपावर, रिडी हाइड्रोपावर, बुटवल पावर कम्पनी, मेगा बैंक, बैंक अफ काठमाण्डू, सप्तकोसी डेभलपमेन्ट, नेशनल हाइड्रोपावर कम्पनीलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।