![](https://internal.appharu.com/wp-content/uploads/2019/07/share-market-down.jpg)
काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार सेयर कारोबारमा भारी गिरावट आएको छ ।
यो दिन बजार मापन गर्ने सूचक ५९.५७ अंकले घटेर परिसूचक २६९०.२९ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.६३ अंकले घटेर ५०२.१९ बिन्दुमा रोकिएको छ ।
२२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँको सेयर किनबेच भएको छ ।
सबै समूहको उपसूचकमा गिरावट देखिएको । बैंकिङ समूहको उपसूचक २९.०८, विकास बैंक १९४.२८, जलविद्युत ७०.४५, फाइनान्स १०९.२६, निर्जीबन बीमा २९३.७३, माइक्रोफाइनान्स ११४.१६, जीवन बीमा समूहको उपसूचकमा ३१६.४ अंकले घटेको छ ।
SHARE YOUR THOUGHTS