![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राधी विद्युत कम्पनीलाई कारवाहीको चेतावनी दिएको छ ।
नेप्सेले खारे इन्भेष्टमेन्ट लिमिटेडको प्रबन्ध पत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरण लगायतका लगानी पटक पटक माग गरेकोमा आंशिक विवरण दिएको र लगानीको विवरण नदिएको भन्दै कारबाहीको चेतावनी दिएको छ ।
नेप्सेले कम्पनीलाई प्रमाणीत लगानीको विवरढा ३ दिन भित्र पेश गर्न भनेको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ४८ (१) अुनसार निर्देशन दिएको र उक्त समय भित्र पेश नगरेमा प्रचलिन ऐन, नियम अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/radhi-768x730.jpg)
SHARE YOUR THOUGHTS