मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त « Eglish Khabarhub

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी काम गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी र र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड तथा जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको छ । सर्वसाधारण समुहतर्फ छुट्याइएको ४९ प्रतिशत शेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा. लि., सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोशी हाइड्रोपावर र ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत शेयर यस अघि नै निष्कासन गरिसकेको छ ।

कम्पनीले २०७५ पुस ५ गते बाँडफाँट गरिसकिएको छ । बाँकी २५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात ६० करोड र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात ९० करोड बराबरको शेयर सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकिएको छ ।

Publish on: