काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम पनि घटेको छ ।
आइतबार बजार ११.६० अंकले घट्दा कारोबार रकम पनि घटेको छ । सूचकसँगै कारोबार रकम घट्दा लगानीकर्तामा निरासा बढ्न थालेको छ ।
बजार मापन गर्ने सूचक ११.६० अंकले घटेर परिसूचक २७५७.५३ बिन्दुमा रोकिएको छ । यो दिनेको ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३७ अंकले घटेर ३१८.२५ बिन्दुमा रोकिएको छ । २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको सेयर किबेच भएको छ ।
कारेबारमा जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढे पनि बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । जलविद्युत समूहको उपसूचक १३.२१ उत्पादन तथा प्रशोधन समूहको उपसूचक ९६.१४ अंकले बढेको छ । यस्तै बैंकिङ समूहको ५.१, विकास बैंक ६.८९, फाइनान्स १९.२३, निर्जीबन बीमा ६४.१६, जीवन बीमा १४०.५ र माइक्रोफाइनान्स समुहको उपसूचक १७.४३ अंकले घटेको छ ।
SHARE YOUR THOUGHTS