![](https://internal.appharu.com/wp-content/uploads/2021/11/3e975b8ec8cdaa668c4f1422c1f92b52-768x432.jpg)
काठमाडौं । रोल्स रोयसले विश्वकै सबैभन्दा तीव्र गतिको विद्युतीय विमान निर्माण गरेको दाबी गरेको छ । गत शुक्रबार उसले निर्माण गरेको इलेक्ट्रिक विमानले प्रतिघण्टा ६२३ किलोमिटरको गति तय गरेको कम्पनीको भनाइ छ ।
रोल्स रोयसले जारी गरेको विज्ञप्तिमा तीन वटा रेकर्ड कायम गरेको भन्दै वर्ल्ड एयर स्पोर्टस् फेडेरेसनमा पठाउने बताएको छ ।
जसमा कम्पनीले विमान तीन किलोमिटर उडदा यसले प्रतिघण्टा ५५५.९ किलोमिटरको गति तय गरेको थियो । साथै, १५ किलोमिटर उडान भर्दा ५३२.१ किलोमिटर र ३ हजार मिटर उचाइमा २०२ सेकेन्डमा पुगेको दाबी गरिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/2b4641304525d694d48592ff293ba0f8-768x432.jpg)
गत नोभेम्बर १६ मा बेलायतको बिल्टशरमा उक्त परीक्षण गरिएको थियो ।
कम्पनीका अनुसार विमानमा ४०० किलोवाट इलेक्ट्रिक पावरट्रेन प्रयोग गर्छ र जसको क्षमता ५३५ बीएचपी सुपरकार बराबर हुन्छ । र, यो ६ हजार मोबाइल चार्ज गरे जतिको विद्युत खपत गर्छ ।
सन् २०१७ मा परीक्षण गर्दा विमानले २१० किलोमिटर प्रतिघण्टाको गति तय गरेको थियो ।
SHARE YOUR THOUGHTS