बाग्मति प्रदेशमा १०१ जनाका लागि जागिर खुल्यो

काठमाडौं प्रदेश लोकसेवा आयोगको कार्यालयले विभिन्न पदमा १०१ जनाका लागि जागिर खुलाएको छ ।

आयोगले पाँचौ तहमा खुला र समावेशीतर्फ रेडियोग्राफरदेखि लेखापालसम्मका पदमा जागिर खुलाएको हो ।

आयोगले दरखास्त दिने अन्तिम मिति पुस ४ गतेसम्मका लागि तोकिएको छ । बिस्तृत जानकारी आयोगको वेवसाइटबाट हेर्न सकिनेछ ।