मुद्दा परेका कम्पनीले दिएका आवेदनसहित ठेक्काको मूल्याङ्कन अघि बढाउन मन्त्रीको स्वीकृति « Eglish Khabarhub

मुद्दा परेका कम्पनीले दिएका आवेदनसहित ठेक्काको मूल्याङ्कन अघि बढाउन मन्त्रीको स्वीकृति


१४ मंसिर २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ठेक्का मूल्याङ्कन प्रक्रियाका लागि मन्त्रालयमा अड्किएका फाइल स्वीकृत भएर सडक विभाग आएको छ ।

सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुद्दा परेका कम्पनीहरुले दिएको आवेदनलाई पनि मूल्याङ्कनको प्रक्रियामा समावेश गरी ठेक्काको मूल्याङ्कन गर्न स्वीकृत दिएको हो ।

मन्त्री रेणु यादवले दिएको स्वीकृतिले बाँकी रहेका ठेक्काको मूल्याङ्कन प्रक्रिया अघि बढाउन सजिलो भएको नेपालको भनाइ छ ।

‘कुनै मुद्दा परेको कम्पनीले आवेदन दिए मूल्याङ्कन अघि बढाउन मन्त्रिपरिषदको स्वीकृति चाहिन्छ,’ प्रवक्ता नेपालले भने, ‘उक्त स्वीकृत भएको फाइल आएपछि मात्र ठेक्काको मूल्याङ्कन अगाडि बढाउन मिल्ने कानूनी प्रावधान छ ।’

‘ठेक्काको मूल्याङ्कन प्रक्रियामा ढिलाइ हुनुको मूख्य कारण मन्त्रालयबाट फाइल अघि नबढ्नु थियो,’ नेपालले भने, ‘मन्त्रालय मन्त्रिबिहीन हुँदा लामो समयसम्म प्रक्रिया नै अघि बढेन । अब छिट्टै मूल्याङ्कनको प्रक्रिया अघि बढ्छ ।’

प्रवक्ता नेपालका अनुसार मन्त्रालयबाट मंसिर १३ गते अर्थात हिजो फाइल स्वीकृत भएर सडक विभाग आएको हो ।

‘मुद्दा परेको कम्पनीहरुले ठेक्का आह्वान गरिएको ठेक्काका लागि आवेदन दिएपछि मूल्याङ्कन रोक्नु पर्ने विभागको अवस्था थियो,’ नेपालले भने, ‘मुद्दा परेका र फैसला नभइसकेका कम्पनीहरुले पनि ठेक्काका लागि आवेदन दिएपछि विभागले त्यस्ता समस्या रहेका फाइल मन्त्रालय पठाइएको थियो ।’

मन्त्रालयबाट स्वीकृत भएर आएको फाइलअनुसार मूल्याङ्कनको प्रक्रिया अघि बढाइने सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।

‘यसमा मूख्य मारमा परेको भनेको ग्वार्कोको चोकमा निर्माण हुने फ्लाइओभरका लागि निकालिएको ठेक्का हो,’ निर्देशक झाले भने, ‘ठेक्काका लागि मुद्दा परेको कालिका कन्स्ट्रक्सन कम्पनीले पनि आवेदन दिएको छ ।’

‘कालिकाले यो ठेक्कामा आवेदन दिएपछि कम्पनीलाई मूल्याङ्कनमा समावेश गर्ने या नगर्ने निश्चित नभएर सडक विभागले फाइल मन्त्रालय पठाइएको थियो,’ झाले भने ।

कालिकालाई सिक्टा सिंचाइ आयोजनाको निर्माण गर्दा लापरवाही गरेको र सरकारको निगरानी हुँदाहुदै पनि गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

‘मन्त्रालय मन्त्रिबिहीन हुँदा मन्त्रालयमा भएको फाइलको निर्णय हुन सकेको थिएन,’ झाले भने ।

ग्वार्कोमा बन्ने फ्लाइओभरका लागि निकालिएको ठेक्काको मूल्याङ्कन अबको एक हप्ता १० दिनमा सकिने विभागका निर्देशक झाले जानकारी दिए ।

मुद्दा परेका कम्पनीलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुराको अन्योल पनि हटेको झाको भनाइ छ ।

यता सिद्धबाबा सुरुङमार्गको पनि फाइल मन्त्रालयबाट आएको झाले बताए । यस सुरुङमार्गको ठेक्का मूल्यांकनका लागि भने २ महिना अझै समय लाग्ने निर्देशक झाको भनाइ छ ।

‘यो सुरुङमार्गको ठेक्का अन्तर्राष्ट्रिय मान्यताअनुसार मूल्याङ्कन गर्दा समय लागेको हो,’ निर्देशक झाले भने, ‘त्यसमा अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरुले आवेदन दिएका कारण आईसीबी प्रक्रियामा जाने हुँदा समय लाग्छ ।’

अन्तराष्ट्रिय माध्यम हेर्दा, त्यसलाई बुझेर कम्पनीको अवस्था हेर्दा समय लाग्ने निर्देशक झाले बताए । तर, ग्वार्कोमा बन्ने फ्लाइओभरको ठक्कामा भने सबै नेपाली निर्माण कम्पनी रहेकाले धेरै समय नलाग्ने झाको भनाइ छ ।

यस्तै, मध्यपहाडीमा ठेक्का लाग्न बाँकी रहेको सडक खण्डको ३ र दोलखाको एउटा गरेर ४ वटा ठेक्काको मुल्याङ्कनका लागि मन्त्रालय बाट फाइल सडक विभाग आएको प्रवक्ता नेपालले बताए ।

मध्यपहाडीको र दोलखाको ठेक्कामा मूल्याङ्कनको प्रक्रिया अब छिट्टै अघि बढ्ने पनि नेपालको भनाइ छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार ००:००  ७ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping