एफएनसीसीआईले टियूसँग सहकार्य गर्ने « Eglish Khabarhub

एफएनसीसीआईले टियूसँग सहकार्य गर्ने


१३ मंसिर २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडैं । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबाट संस्थागत सहकार्यका लागि ऐक्यवद्धता जनाएका छन् । यसका लागि दुवै संस्था इण्डष्ट्रि अकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आयोजना भएको छलफलमा उक्त प्रतिवद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सहकार्य गर्न महासंघ तयार रहेको बताए । ‘इण्डष्ट्रि अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमती छ’ अध्यक्ष गोल्छाले भने ‘वास्तवमा यो दुइटा क्षेत्र नै यस्तो क्षेत्र हो जसको वलियो सहकार्य हुुन सक्यो भनेमात्र मुुुलुुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ ।’

महासंघले साना तथा मझौला उद्योग, स्टार्टअप, मेडइन नेपालजस्ता अभियानलाई विशेषजोड दिई अगाडि बढाएकाले यसका लागि दक्ष जनशक्ति पहिलो आवश्यकता हुुदा जनशक्ति विकासमा टीयूबाट ठूलो सहयोग हुन सक्ने बताए । यसका लागि दुवै संस्था बीच एउटा स्थायी खालको संरचना नै तयार गरेर जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा सोमटुुले तयार गरेको नयां कोर्श अफ स्टडीका बारेमा छलफल भएर त्यसमा उद्यमी व्यवसायीहरुका तर्फबाट सल्लाह सुुझाव समेत संकलन गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डा. देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए । यस कार्यमा महासंघसंग सहकार्य हुने प्रतिवद्धता समेत जनाए ।
त्यस अवसरमा सोमटुुकोतर्फबाट मुुलुुकको अवश्यकता अनुुसारको दक्ष जनशक्ति विकास गर्ने सोंच अनुुसार कोर्श संशोधनको तयारी भइरहेको जानकारी गराए ।
कार्यक्रममा महासंघको तर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्श संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो । शैक्षिक कोर्श शंसोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केश स्टडीमा भन्दा नेपाली संदर्भमा केश स्टडीमा जोड, आपूर्ति श्रृंखलाको व्यवस्थापन, ईकमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोशिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइशिस लगायतका विशेषलाई पनि समेटनुु पर्ने सुुझाव निजी क्षेत्रबाट दिइएको थियो ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुुलुकको उद्योग व्यवसाय, शीप विकासमा केन्द्रीत, उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने सुुझाव दिए । वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्न सकियो भने प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ००:००  ४ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping