विदेशी सञ्चिती बढाउन स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न निर्देशन दिएका हौंः बीमा समिति « Eglish Khabarhub

विदेशी सञ्चिती बढाउन स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न निर्देशन दिएका हौंः बीमा समिति


१३ मंसिर २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमै पुनर्बीमा गर्न निर्देशन दिनुको उद्देश्य विदेशी मुद्रा सञ्चिती बढाउनका लागि गरिएको दाबी गरेको छ ।

बीमा समितिले स्वदेशी बीमा कम्पनीहरुलाई स्वदेशमा रहेका २ वटा बीमा कम्पनीमा पुनर्बीमा गर्न र उनीहरुले अस्वीकार गरे मात्रै विदेशी पुनर्बीमा कम्पनीमा जान सकिने गरी निर्देशन दिएको थियो ।

तर उक्त विषयलाई बीमक संघले आफू अनुकुल व्याख्या गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टिकरण दिएको छ ।

‘हाल मुलुकमा वैदेशिक मुद्राको संचिति घट्दै गएको तर पुनर्बीमा वापत ठूलो रकम विदेशिने गरेकाले वैदेशिक मुद्रा सञ्चितिमा समेत यो निर्देशनले योगदान पुर्याउनु पर्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले भने ।

देशमा पुनर्बीमा व्यवसायको एकाधिकार अन्त्य भई दुईवटा पुनर्बीमा कम्पनी संचालनमा रहेका कारण प्रतिस्पर्धी रुपमा पुनर्बीमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ मा भएका व्यवस्था बमोजिम समितिले बीमकले आफूले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हालको व्यवस्था कायम राखी प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने व्यवस्था भएको समितिको ठहर छ ।

कुनै स्वदेशी पुनर्बीमकले न्यून आर्थिक क्षमताका कारण पुनर्बीमा गर्न नसकेको खण्डमा त्यसरी नसकेको अङ्शको पुनर्बीमा पुनर्बीमा निर्देशिका, २०७८ मा भएको व्यवस्था बमोजिम योग्यता पुगेका विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाइने व्यवस्था गरेको समेत समितिले उल्लेख गरेको छ ।

स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई उनीहरुको आर्थिक क्षमताले नधान्ने पुनर्बीमा व्यवसाय पनि जबरजस्ती उनीहरुलाई नै दिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था बीमा समितिको निर्देशनबाट सिर्जना भएको भन्ने विभिन्न संचार माध्यममार्फत व्यक्त धारणा कुत्सित मनसायका साथ आम जनमानसमा भ्रम सिर्जना गर्ने र बीमा एवम् पुनर्बीमा व्यवसायको विकासलाई अवरुद्ध गर्ने नियोजित उद्देश्यका साथ आएका समितिले आरोप लगाएको छ ।

छिमेकी मुलुक भारत, बङ्गलादेश लगायतका विभिन्न देशमा समेत मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमाक्षेत्रको समग्र विकासका लागि ती देशका बीमा नियामक निकायहरुले प्रचलित ऐन नियम बमोजिम समयानुकूल व्यवस्था गर्ने गरेको समितिले समितिद्धार जारी ध्यानकर्षणमा उल्लेख छ ।

नेपालमा पनि नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले अन्तर्राष्ट्रिय प्रचलन, मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमा व्यवसायको विकास एवम् प्रवद्र्धनलाई समेत ध्यानमा राखी गरेको व्यवस्थालाई अन्यथा नलिई सहज रुपमा परिपालन गर्न गराउन समेत समितिले सबैलाई अनुरोध गरेको छ ।

बीमा तथा पुनर्बीमाका सम्बन्धमा कुनै गुनासा एवम् समस्या भएमा यस समितिलाई सिधै जानकारी गराउन समेत समितिले आग्रह गरेको छ । बीमा क्षेत्रमा देखिएका समस्याहरु बीमक, बीमितलगायत सरोकारवाला सबैसँगको छलफलबाट समाधान गर्न सकिने बीमा समितिको आग्रह छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ००:००  ५ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping