
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।
फाइनान्सको बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट असारसम्म कायम चुक्तापुँजी ८६ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख रुपैयाँ बोनस सेयर तथा ०.५२ प्रतिशत अर्थात ४५ लाख ४७ हजार ३६८ रुपैयाँ बराबरको कर प्रयोजनसमेत नगद लाभांश दिने निर्णय गरेको हो ।
सेयरधनीले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि पाउनेछन् ।
SHARE YOUR THOUGHTS