लगानीकर्तालाई अम्बिका पौडेलको सुझाव- संयमित भएर कारोबार गर्नु, अत्यावश्यक नपरी सेयर नबेच्नु « Eglish Khabarhub

लगानीकर्तालाई अम्बिका पौडेलको सुझाव- संयमित भएर कारोबार गर्नु, अत्यावश्यक नपरी सेयर नबेच्नु



काठमाडौं । पुँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले सेयर लगानीकर्ताहरुलाई संयमित भएर सेयर कारोबार गर्न आग्रह गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले लगानीकर्ताहरुलाई अत्यावश्यक नगरी सेयर नबेच्न समेत आग्रह गरेक छन् । जारी विज्ञप्तीमा अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकयाहरुले ३ वर्ष अघि नै गर्छु भनेका ५८ बुँदाको बाँकी काम पुरा नहुँदा र यसबीचमा कतिपय नीतिगत परिवर्तनका कारणले पुँजी बजारमा गम्भिर संकट उत्पन्न भएको उल्लेख छ ।

उक्त समस्या समाधान गर्न लगानीकर्ताले पटक पटक भन्दा पनि सरकारले नटेर्दा करिब ४५ खर्ब पुगेको सेयर बजारले १२ खर्ब रुपैयाा गुमाएको र सरकारले पनि राजस्व गुमेको उनको भनाई छ ।

उनका अनुसार ४७ लाख लगानीकर्ताको १२ खर्ब सम्पती गुम्दा पनि सरकार बेखबर रहेको छ । अहिलेको समस्या समाधान गर्नको लागि ब्रोकर मार्फत मार्जिन टे«डिङ कारोबार पूर्ण रुपमा कार्यान्वयन गर्न, राष्ट्र बैैंकले सेयर धितो कर्जाको सिमा तत्काल हटाउन, ५८ बुँदा मध्ये बाँकी काम तत्काल सक्न आग्रह गरेका छन् ।

Publish on: