५ महिनामा जीवन बीमा कम्पनीले ५८ अर्बको व्यवसाय गरे, मंसिरमा मात्रै ११ अर्ब बढी संकलन « Eglish Khabarhub

५ महिनामा जीवन बीमा कम्पनीले ५८ अर्बको व्यवसाय गरे, मंसिरमा मात्रै ११ अर्ब बढी संकलन



काठमाडौँ । पाँच महिनाको अवधिमा जीवन बीमा कम्पनीले करीब ५८ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।

चालु आवको पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार कम्पनीहरुले मंसिर महिनामा मात्रै ११ अर्ब १६ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल देखिएका छन् ।

५ महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले ६ अर्ब ५८ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेशनल लाइफले ५ अर्ब ६४ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा संस्थाले ५ अर्ब ६५ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, यूनियन लाइफले तीन अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

मेट लाइफले दुई अर्ब १९ करोड २१ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ, सूर्या लाइफले २ अर्ब एक करोड ७९ लाख रुपैयाँ, गुँरासले एक अर्ब २९ करोड ८३ लाख रुपैयाँ, प्राइम लाइफले एक अर्ब २४ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, यस अवधिमा ज्योति लाइफले एक अर्ब ३५ करोड ८८ लाख रुपैयाँ, सन नेपाल लाइफले एक अर्ब ६२ करोड ४७ लाख रुपैयाँ, रिलायन् लाइफले एक अर्ब १५ करोड ७० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले एक अर्ब २९ करोड ३२ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ७ करोड रुपैयाँ र सानिमा लाइफले ९३ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सले ८५ करोड ४ लाख रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५४ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Publish on: