![](https://internal.appharu.com/wp-content/uploads/2020/12/share_Market_bull.jpg)
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ ।
आइतबारको दिन नेप्से परिसूचक ७१.२० अंकले बढेर २५९१.४३ मा पुगेको छ । यो दिनको कारोबारमा १५३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै ११ वटा कम्पनीका सेयर मूल्य भने स्थिर छ ।
यो दिन ८६ लाख १ हजार ९५६ कित्ता सेयर ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा करिब २ दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिनको कारोबारमा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो दिनको कारोबारमा जीवन बीमा कम्पनीको सेयर मूल्य ९.७८ प्रतिशत र निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले बढेको छ ।
जसमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्सलगायतका कम्पनी छन् ।
SHARE YOUR THOUGHTS