चोरीको एप डाउनलोड गर्नुभएको छ ? चोरी होला नि तपाईंको बैंकको पैसा « Eglish Khabarhub

चोरीको एप डाउनलोड गर्नुभएको छ ? चोरी होला नि तपाईंको बैंकको पैसा


१६ पुस २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । तपाईंले आफ्नो मोबाइल आफना बालबच्चालाई दिने गर्नुभएको छ ? पक्कै पनि दिनुहुन्छ नै । आजकल मोबाइल फोन नै बालबच्चाका लागि सबैभन्दा मन पर्ने साधन बनिरहेको छ ।

तपाईं घरको काममा व्यस्त हुँदा फोन आयो भने उक्त फोन तपाईंको बच्चाले उठाउँछ वा तपाईंलाई बोलाउन आउँछ ? यदि तपाईंको फोनमा कसैको फोन आयो र तपाईंलाई नै उठाउन दियो भने भने ठान्नुस्, अवस्था ठिकै छ ।

यदि तपाईंको बच्चाले नै तपाईंको फोन उठायो र फोन गर्ने मानिसले भने अनुसार नै गर्यो भने तपाईंका लागि धोकासमेत हुनसक्छ ।

किनकी, सूचना प्रविधिको अहिलेको जमानामा तपाईंले आफ्नो फोन नम्बर नै बैंक एकाउण्टसँग जोड्नु भएको हुन्छ ।

तपाईंको सबै सूचना तथा जानकारीसमेत फोनमा नै हुन्छ । फोनमा भएको जानकारी तथा सूचना कुनै आपराधिक सोच भएको मानिसले फेला पारेको खण्डमा तपाईंले दुःख गरेर, मेहनतका साथ कमाएको पैसा क्षणभरमै अरु कसैको खातामा ट्रान्सफर भइसकेको हुनेछ । त्यसकारण तपार्इंको फोन कोही कसैलाई पनि नदिनुस् र दिएको छ भने भने क्षण क्षणमा त्यसको चेक गरिरहनुस् ।

भारतमा मोबाइल फोन नै प्रयोग गरेर अत्याधिक सुझबुझका साथ चोरी गर्ने क्रम बढेको छ । भारतमा यस्ता सयौं केशहरु प्रहरीमा दर्ता भएका छन् ।

मोबाइलमा चोरी गर्ने प्रयोजनका लागि तयार पारिएका एप डाउनलोड गर्न लगाएर बैंक खाताबाट पैसा चोरी गर्ने गिरोह संगठितरुपमै सक्रिय रहेको पाइएको छ ।

उनीहरुले जानी बुझिकन मोबाइल नम्बर पत्ता लगाउने, फोन गर्ने र आफूले भने अनुसारको एप डाउनलोड गर्न लगाएर बैंकबाट पैसा चोर्ने गरिएको छ ।

अनलाइनमा धोकाधडी गर्ने नयाँ तरिका सार्वजनिक भएको भन्दै प्रहरीसमेत चित खाएको छ । समाचार अनुसार पहिला फोन गरेर बच्चाका बाबुको मोबाइलमा एप इन्स्टल गर्न लगाएर लाखौं रुपैयाँ चोरी गरेको खुलासा भएको छ ।

पेमेन्ट एकाउण्टको सीमा बढाउने नाममा एप इन्स्टल गराएको पाइएको छ । आजको सूचना तथा प्रविधिको युगमा अनलाइन धोकाधडीका नयाँ–नयाँ मामिला सार्वजनिक भइरहेको बेलामा पछिल्लो पटक उक्त घटना सार्वजनिक भएको हो ।

मोबाइलको रिमोट एक्सेस प्राप्त गरेर चोरी हुने गरेको छ ।

कसरी बच्न सकिन्छ, यस्ता चोरीबाट

संशास्पद मेल, फोन कल वा म्यासेजमा कुनै पनि ध्यान नदिनुस्

कसैलाई पनि एटिएमको पिन नम्बर तथा सिभिभि नम्बर नदिनुस्

कसैलाई पनि कारोबारको ओटिपी नदिनुस्

नचिनेका मानिसलाई आफनो जन्ममितिको जानकारी नदिनुस्

बैंक खातासँग जोडिएको मोबाइल बच्चा भन्दा टाढा राख्नुस्

आफनो मोबाइलमा नयाँ एप इन्स्टल नगर्नुस्, गर्नै परे सुरक्षाका उपाय अपनाउनुस्

कस्टमर केयरवालालाई आफनो व्यक्तिगत विवरण, पछिल्लो कारोबारको कुनै पनि जानकारी नदिनुस्

कुनै पनि प्रकारको लोभ वा लालच र खराब नियतका साथ पठाइएको सन्देश वा फोन कलको बारेमा विश्वास गर्नु पहिले आफंै जानकारी लिनुस् र त्यस्ता कल वा सन्देशको वास्ता नगर्नुस् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार ००:००  १० : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping