पोखरामा १ अर्ब लगानीमा ११ तले अपार्टमेन्ट बन्दै, ब्याडमिन्टन कोर्टदेखि सुपरमार्केटसम्मका सुविधा « Eglish Khabarhub

पोखरामा १ अर्ब लगानीमा ११ तले अपार्टमेन्ट बन्दै, ब्याडमिन्टन कोर्टदेखि सुपरमार्केटसम्मका सुविधा


१८ पुस २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पर्यटकीय नगरी पोखरामा पछिल्लो समय व्यवस्थित बसोबासको अभ्यास पनि शुरु भएको छ । पोखराका आसपासमा पछिल्लो समय अपार्टमेन्ट तथा हाउजिङ निर्माणले गति समेत लिएको छ ।

पोखराको सेदीमा अन्नपूर्ण केबलकारसँगै कालु गुरुङको लगानीमा अपर्टामेन्ट निर्माण शुरु हुँदै गर्दा सोही स्थानमा बिमल बसेललगायतका लगानीकर्ताको लगानीमा ११ तले ‘बी एण्ड लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेन्ट’ समेत निर्माण शुरु भइसकेको छ ।

शुरुमा छुट्टाछुट्टै ६ वटा १८ तले अपार्टमेन्ट निर्माण गर्ने योजना अगाडि सारे पनि ११ तलाको मात्रै नक्सा पास भएकाले सोहीअनुसार निर्माण अघि बढाइएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक बिमल बसेलका अनुसार शुरुमा ८ अर्ब रुपैयाँ लगानीमा ४६४ वटा अपार्टमेन्ट निर्माण गर्ने लक्ष्य लिइए पनि निर्माण अनुमति स्वीकृत नहुँदा ११ तला मात्रै निर्माणको काम शुरु भइसकेको छ । जसकारण लगानी पनि घट्ने उनको भनाइ छ ।

‘शुरुमा १८ तले ६ वटा टावर निर्माण गर्ने लक्ष्य भए पनि त्यसले स्वीकृति पाएन, अहिले पहिलो चरणमा एउटा मात्रै टावर निर्माण गर्न लागेका छौं,’ बसेलले भने ।

उनका अनुसार पहिलो चरणमा करिब ६० वटा अपार्टमेन्ट तयार हुनेछन् । जसका लागि १ अर्ब रुपैयाँ लगानी हुनेछ ।

कुल ३३ रोपनी क्षेत्रफलमा ६ महिनाअघि शुरु भएको अपार्टमेन्ट निर्माणको डेढ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।

तत्कालीन समयमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिँदासम्म अपार्टमेन्ट निर्माणको काम समेत पूरा गर्ने लक्ष्य लिइएको थियो ।

पछिल्लो समय पोखरामा पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न पर्यटकीय पूर्वाधार समेत निर्माण भइरहेको छ ।

अपार्टमेन्टमा यस्ता छन् सुविधा
कम्पनीले अपार्टमेन्टमा बसोबासको सुविधासँगै विभिन्न सुविधा समेत उपलब्ध गराउने योजना अनुसार निर्माण शुरु गरेको हो । जसमा अपार्टमेन्टमा रुफटप रेष्टुराँ र सुपरमार्केटको समेत सुविधा उपलब्ध हुनेछ ।

साथै, ट्राभल सर्भिस, सैलुन, ब्यूटी पार्टल, स्पा, मनि एक्सचेञ्ज, लङ टेनिस कोर्ट, ब्याडमिन्टन कोर्र्ट, बलिङका साथै २ वटा स्वीमिङ पुल, ह्याङगिङ रेष्टुराँ, स्काइ थिएटर, किड्स प्ले ग्राउण्ड, लेक भ्यू योगा तथा कम्युनिटी हल तथा पर्याप्त मात्रामा पार्किङ सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार ००:००  २ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping