९० हजार बुकिङ भएको भनिएको ओलाको स्कुटर १५ दिनमा १११ वटामात्रै बिक्री « Eglish Khabarhub

९० हजार बुकिङ भएको भनिएको ओलाको स्कुटर १५ दिनमा १११ वटामात्रै बिक्री



सार्वजनिक नहुँदै ९० हजार स्कुटर बुकिङ भएको भनिएको ओला इलेक्ट्रिकले डिसेम्बर ३० सम्ममा जम्मा १११ वटा मात्रै स्कुटर बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ ।

ओलाले १११ वटा मात्रै एस १ र एस१ प्रो इलेक्ट्रिक स्कुटर डेलिभरी गरेको छ । तर कम्पनीले भने कुनै पनि तथ्यांक सार्वजनिक गरेको छैन ।

ओलाको स्कुटर धेरैजसो कर्नाटकमा ६० वटा र तमिलनाडू २५ वटा मात्रै बिक्री भएको देखिएको छ । साथै बाँकी स्कुटर महाराष्ट्र र राजस्थानका साथै थप २ राज्य बिक्री गरेको छ ।

ओली इलेक्ट्रिकले यसअघि ९० हजार बुकिङ भएको दाबी गरेको थियो । कम्पनीले १५ डिसेम्बरबाट स्कुटर डेलिभरी शुरु गरेको थियो ।

अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष विंकेश गुलाटीले ट्विट गर्दै १ करोड वटा स्कुटर बिक्री गर्ने क्षमता भएको दाबी गरिएको कम्पनीले हालसम्म जम्मा १११ वटा मात्रै स्कुटर बिक्री गर्न सफल भएको बताएका थिए ।

Publish on: