काठमाडौं । बालुवाटार जग्गा प्रकरणका नाइके समेत रहेका शोभाकान्त ढकालले १ अर्ब २० करोड रुपैयाँभन्दा बढी राजश्व छली गरेको भेटिएको छ ।
राजश्व अनुसन्धान विभागको अनुसन्धानले ढकालसहित ४ जना कम्पनी आनसान इन्टरनेशनल प्रालिले १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ राजश्व छली गरेको आरोपमा विभागले आरोप पत्र तयार पारेको हो । उनको कम्पनीको सञ्चालकमा ढकालसँगै सरोज ढकाल, उषाकुमारी ढकाल र सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठ छन् । विभागले कम्पनीको लेखापरीक्षक तथा लेखापरीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका विरुद्ध पनि आरोप पत्र तयार पारेको हो ।
ढकालको कम्पनीले ४२ करोड २६ लाख ७ हजार ३५१ रुपैयाँ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र ९ करोड ७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश छली गरेको आरोप विभागको छ ।
विभागले कुल २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँको सजायको माग दाबी गर्दै आरोपपत्र तयार पारेको हो ।
SHARE YOUR THOUGHTS