पर्यटनमन्त्री आलेको निर्देशनपछि नारायणहिटीभित्र बन्न लागेको रेष्टुरेन्ट निर्माणको काम रोकियो « Eglish Khabarhub

पर्यटनमन्त्री आलेको निर्देशनपछि नारायणहिटीभित्र बन्न लागेको रेष्टुरेन्ट निर्माणको काम रोकियो



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण हुन लागेको रेष्टुरेन्टको काम रोकिएको छ ।

मन्त्री आलेले मंगलबार काम रोक्न निर्देशन दिएपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले कम्पनीलाई पत्र लेख्दै निर्माण कार्य रोक्न भनेको हो ।

बतास अर्गनाइजेशन अन्तर्गतको बी म्यानेजमेन्ट प्रालिलाई समितिले पत्र लेखेको हो । ‘समिति र कम्पनीबिच सम्झौता भइ अगाडि बढेको निर्माण कार्यको सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण बिबाद सृजना हुन गएकोले मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मको लागि निर्माण कार्य तत्काल रोक्नुहुन जानकारी गराइन्छ,’ समितिले कम्पनीलाई लेखेको पत्रमा उल्लेख छ ।

Publish on: